सकियो प्रदेश १ को बजेट अधिवेशन

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/pradesh1.jpg

विराटनगर - प्रदेश १ प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन आजदेखि अन्त्य भएको छ। प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएका थिए।

बजेट अधिवेशनमा २०७६ जेठ १३ गतेबाट सुरु भएर जम्मा ६२ घण्टा आठ मिनटको अवधिमा ५३ वटा बैठक बसेको थियो। यस अधिवेशनमा १४ वटा विधेयक पारित भएका छन्। तेस्रो अधिवेशनमा दर्ता भई यस अधिवेशनमा छलफल भएका चारवटा विधेयकहरुसहित यो अधिवेशनले १४ वटा विधेयक पारित गरेको सभामुख भण्डारीले जानकारी दिए। 
https://www.nicasiabank.com/
अहिलेसम्ममा प्रदेशसभाले ४३ वटा विधेयक पारित गरिसकेको छ भने सबै विधेयकहरु सहमति, सहकार्य र एकताबाट नै गरिएका थिए भने मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुको विरोधको कारण बहुमतबाट पारित गरिएको थियो। अहिलेसम्ममा सदनले पाँचवटा विधेयकलाई संशोधन गरिसकेको छ।

प्रतिक्रिया