तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्दै, शोकेसमा २२ परियोजना, सातवटामा एमओयू

/assets/plugins/bower_components/fileman/Uploads/tilottama.jpg

भैरहवा–  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिहीबार लगानी सम्मेलनको आयोजना गर्दैछ । नेपालमा स्थानीय सरकारको अगुवाईमा हुन लागेको यो पहिलो सम्मेलन हो । 

‘तिलोत्तमाः लगानीको सुरक्षित अक्षतभूमि’ भन्ने मूल नाराकासाथ यही असोज ९ गते टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको सहभागिता रहने नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । 

नेपालीसँग भएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्ने मूख्य उद्देश्य सहित आयोजित तिलोत्तमा लगानी सम्मेलनले राष्ट्रिय पुँजीको विकास गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने अपेक्षा गरिएको छ । 

लगानी सम्मेलन मूल आयोजक समितिका संयोजक समेत रहेका घिमिरेले भने, “तिलोत्तमा लगानी सम्मेलन स्थिर बसेको नेपाली पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउन उत्प्रेरित गर्ने हो ।”

लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै  नगर प्रमुख घिमिरेले भने “भएको रकम बिलासी वस्तुमा खर्च गर्ने, विदेशबाट आएको रेमिट्यान्स पनि अनुत्पादक क्षेत्रमा खर्च गर्ने परिपाटी छ । यस्तो प्रवृत्ति  परिवर्तन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सम्मेलनले सन्देश दिनेछ ।” 

सम्मेलनमा चीन, भारत, दक्षिण कोरिया र बांग्लादेशका लगानीकर्ता आउने निश्चित भइसकेको आयोजकले बताएका छन् । 

सम्मेलनका क्रममा आयोजक तिलोत्तमा नगरले एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, तिलोत्तमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र, तिलोत्तमा ढाक्रेबास एकीकृत पर्यटकीय स्थल, तिलोत्तमा मासु प्रशोधन केन्द्र, तिलोत्तमा सिटी कलेज, तिलोत्तमा प्रादेशिक बसपार्क, तिलोत्तमा अटोभिलेज, तिलोत्तमा औद्योगिक क्षेत्र, तिलोत्तमा व्यापारिक केन्द्र, तिलोत्तमा रिङ रोडमा रेलवे, स्मार्ट हाटबजार, एकीकृत दुध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट पार्किङ,  स्मार्ट बाल उद्यान परियोजना, रोहिणी एकीकृत पर्यटकीय क्षेत्र विकास आयोजना, मिनी नेपाल, तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा महिला तथा बाल अस्पताल, सीप तालिम केन्द्र, सौर्य उर्जा जस्ता २२ वटा परियोजना प्रस्तुत गर्नेछ । 

https://www.nicasiabank.com/
प्रस्ताव गरिने आयोजना मध्ये तिलोत्तमा रेलवे, तिलोत्तमा क्यान्सर अस्पताल, सीप तालिम केन्द्र, मिनी नेपाल, तिलोत्तमा एकिकृत दुध संकलन तथा प्रशोधन केन्द्र, तिलोत्तमा सिटी कलेज, तिलोत्तमा ढाक्रेबास एकिकृत पर्यटकीय स्थल, तिलोत्तमा एकिकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्रमा लगानीकर्तासँग एमओयू हुने निश्चित भएको नगर प्रमुख घिमिरेले बताए । 

लगानी सम्मेलनको लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्माको नेतृत्वको ईपीआई नामक संस्थाले पनि सहयोग गरेको छ । 

नगरपालिकाले लगानीको सुरक्षाको जिम्मेवारी  लिने पनि घोषणा गरेको छ । सम्मेलनमा ७ वटै प्रदेशका मुख्यमन्त्रीको सहभागीता रहने र सम्मेलनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

सम्मेलनले रु. ५० अर्ब बराबरको लगानी भित्राउने अपेक्षा गरिएको छ । 

नगरपालिकाले सार्वजनिक जग्गा लिजमा दिएर उद्यम प्रर्बद्धन गर्ने,  रोजगारी संख्याको अनुपातमा व्यवसायिक करमा छुट दिने, कृषिमा आधारित उद्योगमा  ७ वर्ष सम्म व्यवसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट, फोहरमैला व्यवस्थापन केन्द्रलाई परियोजनालाई ७ वर्षसम्म व्यवसायिक करमा ६० प्रतिशत छुट दिइने पनि नगरपालिकाले जनाएको छ । 

पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित परियोजनालाई स्थापनाको ५ वर्ष सम्म नगरपालिकाले लिने व्यवसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने र न्यूनतम ५० जनालाई रोजगारी दिने परियोजनालाई ५ वर्षसम्म सम्पत्ति करमा शत प्रतिशत छुट दिने पनि नगरपालिकाले जनाएको छ । 
 

प्रतिक्रिया