सभामुख महरा कजाकस्तान प्रस्थान

/assets/plugins/bower_components/fileman/Uploads/Krishna_Mahara_bidai.jpg

त्रिभुवन विमानस्थलमा सभामुख महरा नेतृत्वको टोलीलाई बिदाइ गर्दै संघीय संसद्का निमित्त महासचिव गोपालनाथ योगी।

काठमाडौं- सभामुख कृष्णबहादुर महरा युरेसियन मुलुकका सभामुखको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्।

सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज बिहान कजाकस्तानतर्फ प्रस्थान गरेका हुन्। महरा नेतृत्वको प्रतिनिधिमण्डल सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसद्का सभामुखको चौथो बैठकमा सहभागी हुनेछ ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरी, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन छन्। बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन्। 
https://www.nicasiabank.com/

बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम छ।

युरोपियन युनियनको सीमादेखि सुदूरपूर्वसम्म फैलिएका १३ देशलाई युरेसियन देश भनिन्छ । यसमा अफगानिस्तान, अर्मेनिया, अजरबैजान, बेलारुस, जर्जिया, कजाकस्तान, किर्गिस्तान, मंगोलिया, रिपब्लिकन अफ माल्डोभा, ताजिकिस्तान, तुक्रमेनिस्तान, युक्रेन र उज्वेकिस्तान पर्छन् ।  
 

प्रतिक्रिया