धरानमा इस्ट टुरिजम मार्ट  

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/east_tourism.jpg

इटहरी – नेपाल पर्यटन बोर्डको वार्षिक क्यालेन्डरमा रहेको इस्ट टुरिजम मार्ट धरानमा शनिबारबाट सुरु भएको छ। प्रदेश १ को पर्यटकीय सहर धरानमा मार्टको यो दोश्रो संस्करण हो। गतवर्ष जेठ २४ देखि तीन दिन भएको मार्ट यो वर्ष असोजमा गरिएको इस्ट टुरिजम मार्ट कार्यक्रमका अध्यक्ष भविश श्रेष्ठले बताए।

धरान ६ को सिद्धि नेवाः परिषद्मा हुने कार्यक्रममा नेपाल, भारत, भुटानका सयौं पर्यटनकर्मीको सहभागिता रहने मार्टका कोषाध्यक्ष बासुदेव बरालले बताए। बरालकाअनुसार भुटानबाट ११ जना, भारतबाट १ सय जना र नेपालबाट गरेर साढे दुई सय बढीको सहभागिता रहने भएको छ।

https://www.nicasiabank.com/
मार्टको लागत ४६ लाख हाराहारीमा हुने आयोजकले जानकारी दिएको छ। ‘सहभागी बनौं अवलोकन गरौँ’ भन्ने नाराका साथ आयोजना भएको मार्टको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिबार दिउँसो २ बजे गर्ने आयोजकले बताएको छ। 

६० वटा स्टलहरु रहने मार्टमा विभिन्न ट्राभल प्याकेजहरुको खरिद बिक्रि पनि हुने अध्यक्ष भविश श्रेष्ठले बताए। उनले भने, ‘यो मार्ट भनेको घुम्न र हेर्न मात्रै हैन कारोबारको लागि पनि हो।’

प्रतिक्रिया