तराईमा जितिया पर्व सुरु 

/assets/plugins/bower_components/fileman/Uploads/jitiya_Janakpur.jpg

जनकपुरधाम- तराईमा मनाइने जितिया पर्व शुक्रबार सुरु भएको छ। यो पर्व तीन दिनसम्म मनाइन्छ। 

पर्वका अवसरमा विवाहित महिलाले शुक्रबार बिहान जलाशय पुगेर पूजाअर्चना गरेका छन्। परिवारका सदस्यको दीर्घायु, स्वास्थ्यलाभ, सुख-शान्तिको कामनाका लागि महिलाहरू व्रत बस्छन्। विपद् तथा दुःख-कष्टबाट जोगिन र परिवार एवं सन्तानको रक्षाका लागि व्रत बस्ने मान्यता छ। पर्वमा व्रतालुले स्याल, बाज र मृत श्रेष्ठजनको पूजा गर्ने परम्परा छ । 

पर्वबारे यस क्षेत्रमा एक उखान प्रचलित छ- धियापुताके ठोकी सुतओलन्ही अपने खएलन्ही भरी थारी, जितिया पावनी बड भाडी । यसको अर्थ हुन्छ- नानीहरूलाई सुताएर आफू टन्न खाने र कठिन व्रत बस्ने । 

पर्वको पहिलो राति खाना खाइसकेपछि व्रतालु महिलाले भोलिपल्ट पानीसमेत नखाएर निराहार बस्नुपर्ने परम्परा छ। यस दिन व्रतालुले थुक पनि निल्न नहुने मान्यता छ । थुक निले व्रत भंग हुने बताउँछिन् धर्मशीला कर्ण। 

https://www.nicasiabank.com/
पर्वको पहिलो दिन व्रतालु ‘नहाय खाए’ अर्थात् नुहाइ–धोई शुद्ध भएर खानेकुरा खाने गर्छन्। यस दिन व्रतालु महिला नदी, पोखरी तथा जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर लगायतका सामग्री सूर्यपुत्र शालिवाहनका छोरा जितवाहनलाई चढाउने गर्छन्। व्रतालु महिलाले माछा र कोदोको रोटी खाने परम्परा छ।

दोस्रो दिनदेखि व्रतालुले २४ घण्टा उपवास बस्ने परम्परा छ। यस दिन व्रत बसेका महिला एकै स्थानमा जम्मा भई भगवान जितवाहनको कथा सुन्ने गर्छन्। 

पर्वको तेस्रो तथा अन्तिम दिन व्रतालु महिला नदी, पोखरी र जलाशयमा स्नान गरी अर्घ दिई पर्व समापन गर्छन्। 

 

प्रतिक्रिया