संसद्का लागि तयार सम्बोधन टुँडिखेलबाट

/assets/plugins/bower_components/fileman/Uploads/NP_KTM_20190920_ASUS9728.jpg

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसद्मा गर्ने भनिएको सम्बोधन पाँचौं संविधान दिवसका अवसरमा टुँडिखेलबाट गरेका छन्। 

ओलीले बिहीबार संसद्मा गर्ने भनिएको सम्बोधन एकाएक रोकिएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीको संसद्मा सम्बोधन रोकिए पनि संविधान दिवसको दिन देशवासीका नाममा सम्बोधन गरेको बताए। 

३० मिनेट लामो सम्बोधनका क्रममा ओलीको अधिकांश समय सरकार सञ्चालनको १८ महिनाको उपलब्धिको चर्चा गरे। उनले गत वर्ष समृद्धिको सपना देखेको र चालू वर्षमा त्यसलाई कार्यान्वयनको वर्ष भएको बताए । गत आवमा मुलुकको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुगेको र निर्यात १९ प्रतिशत र निर्यात १३ प्रतिशतमा सीमित पारेको कुरालाई महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे।

https://www.nicasiabank.com/
सम्बोधनका क्रममा ओलीले सरकारले ल्याएका कार्यक्रम, जस्तै : ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’, साक्षर जिल्ला घोषणा, विद्यालयमा पुस्तकालय स्थापना, स्वास्थ्य बिमा कार्यक्रममा जनताको सहभागिता लगायतका विषयमा चर्चा गरे । यसबाहेक सरकार गठन भएपछि जारी भएका ऐनका बारेमा विवरण प्रस्तुत गरे। 

देशले डेढ वर्ष अवधिमा संघीयता कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ओलीले यस दिवसले औपचारिकता निर्वाह मात्र नभएर सारा नेपालीको मनमा उत्साह उमंग आएको बताए। दशकौँको संघर्ष र बलिदानीबाट यो संविधान आएको भन्दै सम्बोधनका क्रममा ओलीले यो नै सबैभन्दा ठूलो चाड र एकता दिवस भएको औँल्याए।

उनले संविधान दिवसलाई स्वतन्त्रता दिवसकाे संज्ञा पनि दिए । 

 

प्रतिक्रिया