अमेरिकाको ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली चल्यो, एकको मृत्यु, पाँच घाइते

/assets/plugins/bower_components/fileman/Uploads/Shooting.jpg

सांकेतिक तस्बिर ।

काठमाडौं- अमेरिकाको राजधानी बासिंगटन डिसीस्थित ह्वाइट हाउस नजिकै बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार शनिबार राति १० बजे ह्वाइट हाउसबाट करिब तीन किलोमिटर टाढा रहेको कोलम्बिया रोड क्षेत्रमा घटना भएको हो।   

स्थानीयले राजधानीका गल्लीमा अबेर रातिसम्म गोली चलेको आवाज सुनेको र त्यसको केही समयपछि एम्बुलेन्समा बिरामीलाई अस्पताल ल्याउँदै लैजाने गरेको देखेको बताएका छन्। 

घटनापछि त्यहाँका स्थानीय त्रसित भएका छन्। 
https://www.nicasiabank.com/

बन्दुकधारी अझै प्रहरीको नियन्त्रणमा आउन नसकेको र खोजी जारी रहेको त्यहाँको प्रहरीलाई उध्दृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्।   

केही दिनअघि अमेरिकाको न्यु मेक्सिको प्रान्तस्थित अल्बुकर्क सहरमा भएका छुट्टाछुट्टै गोलीबारीमा ६ जनाको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए। 
 

प्रतिक्रिया