संविधान दिवसमा नमस्तेको डाटा अफर

/assets/plugins/bower_components/fileman/Uploads/Telicom.jpg

काठमाडौं- नेपाल टेलिकमले संविधान दिवसका अवसरमा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।

https://www.nicasiabank.com/
यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुने टेलिकमले विज्ञप्ति मार्फत् जनाएको छ ।

टेलिकमको उक्त योजनामा सहभागी हुन *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।  
 

प्रतिक्रिया