ओपोको 'ए नाइन २०२०' नेपालमा सार्वजनिक हुँदै

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/oppo_a9.jpg

काठमाडौं –ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत ए नाइन २०२० नेपालमा सार्वजनिक गर्ने मिति तय गरेको छ। कम्पनीले असोज ६ गते उक्त स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको हो।

ए नाइन २०२० का साथै कम्पनीले सोही दिन ए फाइभ २०२० पनि सार्वजनिक गर्ने जानकारी दिएको छ। 

सार्वजनिकको तयारीमा रहेका ए नाइन २०२०  र ए फाइभ २०२० दुबै मध्यमबर्गीय स्मार्टफोन बजार लक्षित उत्पादनहरु हुन्। यी दुबै स्मार्ट फोनमा अत्याधुनिक फिचर्स समावेश गरिएको कम्पनीको दाबी छ।
https://www.nicasiabank.com/

दुबै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्री उपलब्ध गराइएको ओपोले जनाएको छ।

ओपो ए नाइन २०२० मा ४८ एमपी अल्ट्रावाइड एंगल क्वाड क्यामेरा तथा १६ एमपी फ्रण्ट क्यामेरा रहेको छ। यसमा फोरके भिडियो रेकर्डिङ प्रविधि रहेको छ। यो फोनमा ५ हजार एमएएच ब्याट्री दिइएको छ।

प्रतिक्रिया