सहकारीको रकम चोरी गर्ने दुईजना पक्राउ 

/assets/plugins/bower_components/fileman/Uploads/handcuff.jpg

काठमाडौ-  पेप्सीकोलास्थित हर्षित बचत तथा ऋण सहकारी संस्थामा रकम चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

भदौ २५ गते सहकारीको अफिस फोडेर रकम राख्ने भल्टबाट रकम चोरीको आरोपमा प्रहरीले रामेछापका दानबहादुर थापा र सुनिल थापालाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनीहरुले सो सहकारीबाट ७ लाख ८९ हजार ९९२ रुपैयाँ चोरी गरेका थिए । 
https://www.nicasiabank.com/

थापाद्वयका साथबाट प्रहरीले ५३ हजार रुपैयाँ नगद सहित चोरी गरी लगेको सेफ, फलामको गल, सामसङ मोवाइल र कपडा बरामद गरेको छ । 

उनीहरुलाई आवश्यक कारबाहिको लागी महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको छ ।
 

प्रतिक्रिया