ठूला कोषहरुलाई पुँजी बजारमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

/assets/plugins/bower_components/fileman/Uploads/Yubaraj.jpg

काठमाडौ– अर्थमन्त्री युवराज खतिवडाले लगानीकर्ताहरुलाई सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् । 

उनले नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, प्रहरी कल्याणकारी कोष, सैनिक कल्याणकारी कोष, सशस्त्र प्रहरी कल्याणकारी कोष जस्ता ठूला संस्थाहरुलाई दोस्रो बजारमा लगानी गर्न आग्रह गरेका हुन् । 

उनले सेयर बजार ओरालो लागेको भएपनि अन्य आर्थिक परिसूचकहरु राम्रो रहेकोले दोस्रो बजारमा लगानी गर्ने उपयुक्त समय भएको दाबी गरेका छन् । 

"अहिले आर्थिक वृद्धि ७.१ प्रतिशत छ, राजनीतिक स्थिरता छ, करको समस्या हल भएको छ, बैदेशिक लगानी भित्रने क्रममा छ । त्यसैले बेला यही हो, पुँजी बजारमा लगानी गरिहाल्नुस," उनले भने।   
https://www.nicasiabank.com/

कर्मचारी संचय कोषको ५८ औ बार्षिकोत्सवको अवसरमा मन्त्री खतिवडाले कोषले दोस्रो बजारमा लगानी गर्नका लागि नीतिगत व्यवस्था गरिने बताए । आइपीओमा लगानी गरिरहेको कोषका लागि दोस्रो बजारमा लगानी गर्न हालको व्यवस्थाले मिल्दैन । 

कर्मचारी संचय कोषले आर्थिक बर्ष २०७४/७५ मा ३ अर्ब ९४ करोड खुद नाफा गरेको छ भने २ अर्ब ७६ करोड संचयकर्तालाई मुनाफा वितरण गरेको छ । 

मुनाफा मध्येबाट ५० प्रतिशत रकम सन्चयकर्ताको खातामा जम्मा गरिएको छ भने बाँकी रकम बेतन कर्णाली सन्चयकर्ता हाइड्रो पावर कम्पनीमा संचयकर्ताको नाममा सेयर लगानी गर्ने प्रयोजनका लागि अलग्लै कोषमा जम्मा गरिएको छ ।
 

प्रतिक्रिया