बिहीबारसम्म पानी पर्ने, सतर्क रहन आग्रह

/assets/plugins/bower_components/fileman/Uploads/rain-copy_1.jpg

काठमाडौं–  आज देशका मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा मेघगर्जन र चट्ट्याङसहित भइरहेको वर्षा बिहीबारसम्म जारी हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

“आज र भोलि देशभरि नै बदली भई वर्षा हुनेछ । बिहीबारबाट मौसममा क्रमिक सुधार हुँदै जाने छ”, मौसमविद् विभूति पोखरेलले भनिन् । 

हाल पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको साथै बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य तथा पश्चिमी भू–भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने, नदीमा पानीको बहाव बढ्न सक्ने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरेको छ । 

https://www.nicasiabank.com/
आज राति पनि देशभरि बदली रही मध्य र पश्चिमका धेरै स्थानमा तथा पूर्वका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
भोलि देशभरि सामान्य बदली रही देशको मध्य तथा पश्चिमीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । 

बिहीबार देशभरि सामान्यदेखि आंशिक बदली रही केही स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा  १० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ७६ मिलिमिटर, दाङमा १५ मिलिमिटर, सिमरामा ५ मिलिमिटर, नेपालगञ्जमा ३७ मिलिमिटर र विराटनगरमा १५ मिलिमिटर वर्षा भएको छ ।
 

प्रतिक्रिया