भिरबाट लडेर किशोरीको मृत्यु 

/assets/plugins/bower_components/fileman/Uploads/Death-copy_1.jpg

सांकेतिक तस्बिर ।

धनगढी- बैतडीमा भिरबाट लडेर किशोरीको ज्यान गएको छ।

प्रहरीका अनुसार सिगास गाउँपालिका-८, पुतलीपुरकी १४ वर्षीया नारुली बोहराको ज्यान गएको हो।
https://www.nicasiabank.com/

सोमबार घाँस काट्ने क्रममा स्थानीय छोटेधार थाँचर भिरबाट लडेर उनको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक शिवलिङ आधारभूत विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।

प्रतिक्रिया