धनुषा खुल्ला दिसामुक्त जिल्ला घोषणा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/dhanusha_khula_disha.jpg

जनकपुरधाम – धनुषालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ। अभियान सुरु भएको झण्डै १४ वर्षपछि धनुषा खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको हो।

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका हुन्। यसको साथै धनुषा जिल्ला देशको ७१ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको छ।

धनुषा जिल्लामा रहेको १ लाख ४० हजार ४५३ घरधुरीमा शौचालय निर्माण भइसकेपछि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति कार्यदलका संयोजक विजय यादवले जानकारी दिए।

https://www.nicasiabank.com/
२०६२ सालमा अभियान सुरु हुँदा धनुषाको १८ प्रतिशत घरधुरीमा मात्रै शौचालय रहेपनि अहिले प्रायः हरेक घरमा शौचायल निर्माण भइसकेको उनको भनाइ छ।

घोषणासभामा अभियान सफल बनाउन सक्रिय भूमिका निर्वाह गरेका ३५० जनाभन्दा बढी स्वयंसेवक तथा अभियानकर्मीहरुलाई सम्मान गरिएको थियो। यसका साथै सहयोगी संस्थाका प्रतिनिधिहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो। 

घोषणासभा सफल बनाउन जिल्लाका सबै १८ स्थानीय तहसँग आर्थिक सहयोग माग गरिएको थियो। समितिका एक सदस्यका अनुसार घोषणासभामा सम्मान, खाजा नास्ता, टेन्टलगायतका व्यवस्थापन गर्न जिल्लाका सबै स्थानीय तहसँग ४० हजारको दरले आर्थिक सहयोग माग गरिएको थियो।

प्रतिक्रिया