रौतहटमा गोली चल्यो

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/gun_pestol.jpg

जनकपुरधाम – रौतहटको राजपुर नगरपालिकामा स्थानीय समूहबीच  भएको झडप नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाइ फायर गरेको छ। यसैगरी भीड तितरबितर गर्न प्रहरीले दुई दर्जन अश्रु ग्यास प्रहार गरेको बताइएको छ ।

राजपुर नगरपालिका–६ को कुडिया बजारमा हिन्दु समूदायले छठ पर्व मनाउने स्थानमा केही व्यक्तिले क्षति पुर्‍याएपछि विवाद भइरहेको छ। बुधबारदेखि भइरहेको विवादले बिहीबार उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नबिन कार्कीले जानकारी दिए ।

https://www.nicasiabank.com/
बुधबार साँझपनि झडप नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउण्ड हवाइ फायरका साथै ८ सेल अश्रु ग्यास प्रहार गर्नुपरेको कार्कीले बताए। झडपको क्रममा करिब एक दर्जन प्रहरीका साथै प्रदर्शनकारी पनि घाइते भएको उनले बताए ।

डीएसपी कार्कीका अनुसार केहीबेर अघिसम्म तनावग्रस्त रहेको कुडिया बजार क्षेत्रको अवस्था अहिले सामान्य बनेको छ। स्थिति नियन्त्रणमा लिन त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राजपुर नगरपालिका भारतीय सीमा नजिकै पर्छ ।

प्रतिक्रिया