प्रदेश २ का आठै जिल्लामा डेंगु 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/September/Dengue.jpg

जनकपुरधाम- प्रदेश २ का आठै जिल्लामा डेंगु संक्रमण फेलिएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी विजय झाका अनुसार बिहीबार दिउँसोसम्म आठवटै जिल्लाका विभित्र स्थानमा डेंगु रोगी फेला परेका छन्।

पर्सामा सबैभन्दा बढी डेंगुको बिरामी फेला परेका छन्। तिनमा वीरगन्ज महानगरपालिकाभित्र १७ र बाँकी बाहिरका छन्। उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ। यसैगरी बारा, पर्सा र बाहिरका गरी ३९ जनाको उपचार उपक्षेत्रीय अस्पताल बारामा भइरहेको छ।

निर्देशनालयका अनुसार बाराको सिमराजितपुर नगरपालिकामा ८, रौतहटको चन्द्रपुर नगरपालिकामा ५, कटहरिया नगरपालिका र मधेपुर गाउँपालिकामा १÷१ जना डेंगु बिरामी फेला परेका छन्। 

सर्लाहीको हरिवन नगरपालिकामा २, महोत्तरीको बर्दिवास नगरपालिकामा २ र औरही नगरपालिकामा १ गरी जम्मा तीनजना डेंगुका बिरामी फेला परेका छन्।

धनुषाको धनुषाधाम नगरपालिकामा २ र मिथिला नगरपालिकामा १ गरी ३ जना, सिरहाको गोलबजार नगरपालिकामा ९ र धनगढी नगरपालिकामा ३ गरी १२ र सप्तरीमा सप्तकोशी नगरपालिकामा ४, कञ्चनरुप नगरपालिकामा २ र डाकेश्वर नगरपालिकामा १ गरी जम्मा ७ जना डेंगुका बिरामी फेला परेको बताइएको छ।
https://www.nicasiabank.com/

प्रदेशभित्र डेंगुको संक्रमण देखिएपछि निर्देशनालयले सतर्क रहन सबैलाई आग्रह गरेको छ। डेंगु संक्रमण गर्ने लामखुट्टे प्लास्टिक, टायर, भाँडाकुँडामा जमेको पानीमा बस्ने गरेको भन्दै यसतर्फ ध्यान दिन निर्देशनालयले अपिल गरेको छ। सरसफाइ र लामुखुट्टेको टोकाइबाट जागिए डेंगुको संक्रमणबाट बाच्न सकिने अधिकृत झाले बताए।

स्वास्थ्य मन्त्रालयको निर्देशन : यथास्थानमै काम गर्नुस्

स्वास्थ्य मन्त्रालयले डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई यथास्थानमा काम गर्न निर्देशन दिएको छ। देशका धेरै जिल्लामा डेंगु फैलिरहेकाले यथास्थानमै काम गर्न निर्देशन दिइएको हो। 

मन्त्रालयले सूचना जारी गर्दै प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अर्को आदेश जारी नभएसम्म  बिदासमेत नबस्न आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयले सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग र सबै स्थानीय तहलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

प्रतिक्रिया