दसैंको अग्रिम टिकट बुकिङ असोज ५ देखि

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/dashain_ticket.jpg

काठमाडौं - दसैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा बिहीबार बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

यातायात व्यवसायीले दसैंको टिकट बुकिङ खोल्न शर्त राखेपछि भदौ २५ गतेदेखि खोल्ने भनिएको दसैंको टिकट बुकिङ अनिश्चित बनेको थियो।  विभागले चाडवाडअघि कुनै पनि हालतमा भाडा समायोजन गर्न नसकिने बताएको थियो। सरकारले भाडा समायोजनका लागि समिति बनाएको र त्यसले काम गरिरहेकाले तत्कालै भाडा वृद्धि हुन नसक्ने विभागले बताएको थियो। 

https://www.nicasiabank.com/
दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ। यस्तै उपत्यकाका विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने छ। विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति गठन हुने भएको छ। समितिले टिकटमा हुन सक्ने कालोबजारी अनुगमन गर्ने बताइएको छ।

 

प्रतिक्रिया