'स्वास्थ्य मन्त्रीज्यू राजीनामा दिनुस्'

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/sanjaya_gauatam.jpg

काठमाडौं - बिहीबारको प्रतिनिधि सभा बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरिएको छ। नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले विशेष समयमा बोल्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन्।

मुलुक डेंगुले आतंकित र आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले स्वास्थ्य मन्त्रीले राजीनामा दिनु पर्ने बताए। गौतमले भने, 'दुई तिहाइ बहुमतको सरकारले जनताको रक्षा गर्न नसके कसले गर्छ? मन्त्री र स्वास्थ्यकर्मीसमेत डेंगुबाट प्रभावित भएका छन्। स्वास्थ्यमन्त्री चुप बस्नु भएको छ। त्यसैले म जोडदार रुपले स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु।'
https://www.nicasiabank.com/

सांसद गौतमले सरकार कुम्भकर्णको निद्रामा सुतेको आरोप लगाउँदै तत्काल संकटकाल घोषणा गर्न माग गरे। उनले रुलिङ गरेर झारा टार्ने काम नगर्नसमेत सरकारलाई चेतावनी दिए।

प्रतिक्रिया