नादेझ्दा कप फुटबल: नेपाललाई इतिहास रच्ने अवसर

/assets/plugins/bower_components/fileman/Uploads/football-copy_1.jpg

काठमाडौं– नादेझ्दा कप फुटबलका लागि किर्गीस्तानमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इतिहास रच्ने अवसर पाएको छ। 

नेपालमा महिला फुटबल टोलीको इतिहास धेरै लामो नभए पनि हालसम्म कुनै अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन। 

आजा, बिहीबार नेपाली समय अनुसार अपराह्न ३ः४५ बजे सुरु हुने नादेझ्दा कपको फाइनल खेलमा उज्वेकिस्तानलाई पराजित गर्न सके नेपाली महिला फुटबल टोलीले नयाँ इतिहास बनाउने छ । 

लिग चरण अन्तर्गतको आफ्नो दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको नेपाली टोलीका लागि यो हारको बदला लिने अवसर समेत हो। 

तर, लिग चरणमा सतप्रतिशत जित हात पारेकोे उज्वेकिस्तानलाई पराजित गर्न नेपालका लागि त्यति सजिलो भने छैन। नेपाललाई लिगमा पराजित गरिसकेको उज्वेकिस्तान उच्च मनोबलका साथ मैदानमा उत्रिने छ। 
https://www.nicasiabank.com/

दक्षिण एसियामा बलियोमध्येको नेपाली महिला फुटबल टोलीले दक्षिण एसियाली स्तरका अधिकांश प्रतियोगितामा फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन्। 
साग (दक्षिण एसियाली खेलकुद) मा दुई पटक सहभागि नेपाली महिला टोली दुबै पटक उपविजेता बनेको छ।

त्यस्तै साफ महिला फुटबल च्याम्पियन्सका पाँच संस्करणमध्ये चार पटक फाइनलसम्म पुगेको नेपाल चारैपटक भारतसँग पराजित हुँदै उपविजेतामै सिमित भएको छ।

पछिल्लो समय सन् २०२० को ओलम्पिक छनोट समेत खेल्ने अवसर पाएको नेपाल दोस्रो चरणबाटै बाहिरिएको थियो। 
 

प्रतिक्रिया