देशभर सामान्यदेखि आशिंक बदली, केही स्थानमा वर्षा 

/assets/plugins/bower_components/fileman/Uploads/Mausam.jpeg

काठमाडौं- अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।  

महाशाखाका अनुसार आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, मध्य तथा पश्चिमी भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 
https://www.nicasiabank.com/

महाशाखाले वर्षाका कारण हुन सक्ने दुर्घटनाबाट सतर्क रहन सबैलाई अनुरोध गरेको छ । बुलेटिनमा भनिएको छ, ‘देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकाले नदीमा आकस्मिक पानीको बहाव बढ्न सक्ने, पहाडी भूऔभागमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ ।’ 

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर मौसमी गतिविधि बढिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा निम्न चापीय प्रणाली अवस्थित छ । 

प्रतिक्रिया