मनपरी भाडा लिँदा यात्रु मर्कामा

/assets/plugins/bower_components/fileman/Uploads/Manpari_Bhada.jpg

जुम्ला- पातारासी गाउँपालिकाको लासीदेखि विमानस्थलसम्म सञ्चालन हुने साना सवारी साधनले मनपरी भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन् ।  

लासीदेखि बजारसम्म पहिले एक सय रूपैयाँमा यात्रु ओसार्ने सवारीले अहिले दुई सय भाडा लिने गरेको स्थानीय उषा बुढाले बताइन् । यसतर्फ नियमनकारी निकायले चासो नदिएको उनको दुखेसो छ । 

गाडीमा क्षमताभन्दा बढी यात्रु 

https://www.nicasiabank.com/
यात्रुका अनुसार पाँच जना चढ्न मिल्ने सिट क्षमताका गाडीमा झण्डै २५ जनासम्म राख्ने गरेको पाइएको छ । 

‘एक त बाटो अप्ठेरो छ, त्यसमाथि गाडीका छत र ढालामा जथाभावी यात्रु कोच्ने गरिएको छ,’ उषाले भनिन् । यसले दुर्घटनाको जोखिम बढेको भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयले चासो नदिएको उनको गुनासो छ । 

अर्का स्थानीय शिवा बुढाले लासीदेखि उथु्रसम्मको रुटमा चल्ने सवारी साधनमा सिट क्षमताभन्दा सातौं गुणा बढी यात्रु ओसार्ने गरेको बताइन् । प्रहरीको सक्रियता नहुँदा सवारीधनीले खुलेआम यात्रु ठगी गर्ने गरेको उनको गुनासो छ । 

प्रतिक्रिया