१८ करोड कर मिनाहा गराउन परराष्ट्रको चलखेल 

/assets/plugins/bower_components/fileman/Uploads/Pararasta.jpg

काठमाडौं- राजधानीबाट प्रकाशित हुने मूलधारका पत्रपत्रिकाले आज विभिन्न विषयलाई आफ्नो मुख्य समाचार बनाएका छन्। 

‘नागरिक’ दैनिकले ‘१८ करोड कर मिनाहा गराउन परराष्ट्रको चलखेल’ शीर्षकको समाचार प्राथमिकताका साथ प्रकाशित गरेको छ।

समाचारमा भनिएको छ- मासिक १० हजार रूपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कुटनीतिक नियोगमा लाखौं रूपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ। आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर तिरेका छैनन्। 
https://www.nicasiabank.com/

‘नयाँ पत्रिका’ दैनिकले ‘एमबीबीएसका विद्यार्थीमाथि कलेजको शोषण, प्रहरीको दमन’ शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ। समाचारमा भनिएको छ- चितवन मेडिकल कलेजले तोकिएभन्दा १२ लाख बढी शुल्क असुली गरेको विद्यार्थीको गुनासो छ। अवैध ढंगले लिएको शुल्क फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखी विद्यार्थीले १० दिनदेखि आन्दोलन गरिरहेका छन्। तर, यस्तो गम्भीर प्रश्न उठ्दा पनि छानबिन गर्नुको साटो राज्यले विद्यार्थीमाथि नै दमन गरिरहेको छ। 

‘अन्नपूर्ण पोस्ट’ दैनिकले प्रदेश १ का मालपोत कार्यालयका कर्मचारीले इन्टरनेट नचलेको बहानामा काम अड्काउने गरेको सम्बन्धी समाचारलाई मुख्य बनाएको छ। ‘बहाना- नेटै चलेन’ शीर्षकको उक्त समाचारमा भनिएको छ- चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो। तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे । तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन।’ 

प्रतिक्रिया