राजदूत झा हत्या प्रकरण : सानुकान्छालाई थुनामै राख्न आदेश

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/keshab_jha.jpg

काठमाडौं – फ्रान्सका लागि पूर्वनेपाली राजदूत केशवराज झाको हत्या अभियोगमा पक्राउ परेका सानुकान्छा तामाङलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। 

उक्त मुद्दाको बुधबार थुनछेक बहस गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले तामाङलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। 

यसअघि भदौ ६ गते म्याद थप गरी हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो। साउन ३२ गते शुक्रबार दोस्रोपटक पक्राउ परेका तामाङलाई काठमाडौं जिल्ला अदातलले एक साताको म्याद दिएर अनुसन्धान गर्न भनेको थियो।

https://www.nicasiabank.com/
२०७५ भदौ ३ गते राति बबरमहलस्थित घरमा चक्कु प्रहार गरी ८० वर्षीय झाको हत्या भएको थियो। यसअघि अपराध अनुसन्धान महाशाखाले घटनालगत्तै सानुकान्छासहित आइतसिंह तामाङ र जयबहादुर तामाङलाई पक्राउ गरेको थियो। तर, उनीहरू भदौ २९ गते आठ हजार रुपैयाँका दरले धरौटी बुझाएर छुटेका थिए। 

प्रहरीले उनलाई त्यसपछि पनि सोधपुछका लागि बोलाएको थियो। तर, अपराध अनुसन्धान महाशाखाले बोलाउँदा उनी नआएको प्रहरीले जनाएको छ। परिवारले किटानी जाहेरी दिएपछि काठमाडौं परिसरले अनुसन्धान थालेको थियो। झाको घरमा सहयोगी रहेका सानुकान्छा प्रहरीकोसमेत शंकाको घेरामा सुरुदेखि नै रहँदै आएका थिए।

घटनामा आफ्नै भान्साकोठाको चक्कू प्रयोग हुनु, घटनाको अघिल्लो दिन मात्रै सानुकान्छाले चक्कू माग्नु, सानुकान्छाले नै थन्क्याएका कपडा घटनास्थलमा फेला पर्नुले प्रहरीले उनलाई शंकाको घेरामा राखेको थियो। 

प्रतिक्रिया