कांग्रेसको माग : डेंगु महामारी रोक्न संकटकालको घोषणा गर

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/radhyashyam_adhikari.jpg

काठमाडौं - कांग्रेस सांसद राधेश्याम अधिकारीले मुलुकमा डेंगुको महामारी फैलिएकाले संकटकाल घोषणा गर्न माग गरेका छन्। 

‘७७ जिल्लामध्ये ५६ जिल्लामा डेंगु फैलिसकेको छ, यो राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ति मान्नुपर्छ कि पर्दैन ?’ राष्ट्रियसभाको विशेष समयमा बुधबार उनले भने, ‘स्वास्थ्यमा संकटकाल घोषणा गर्नुपर्छ कि गर्दैनर ?’ उनले सरकारले स्वास्थ्य क्षेत्रको संकटकाल घोषणा गरेर डेंगु नियन्त्रण प्रयास गर्नुपर्ने बताए।

पश्चिम नेपालको बाँके र बर्दियामा डेंगु सुरु हुँदा नियन्त्रणको प्रयास प्रभावकारी नभएकै कारण फैलिएर ५६ जिल्लामा पुगेको सांसद अधिकारीको भनाइ थियो । सरकारले ४–५ मान्छे मर्दैमा महामारी भन्नु हुदैन भनेको कुरा सञ्चारमाध्यममा आएको भन्दै अधिकारीले सोधे, ‘कति जना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ र सरकार यो कुरा डिक्लियर गर्छ।’

डेंगु नियन्त्रणका विषयमा सरकार के गर्दैछ भन्ने विषयमा उनले सरकारको पनि जबाफ मागेका छन्। ‘डेंगुको विषयमा सरकारले आफ्नो भनाइ राखोस् भन्ने मेरो पार्टी र मेरो तर्फबाट आग्रह गर्न म यहाँ उपस्थित भएको हुँ’, उनले भने। 
https://www.nicasiabank.com/

डेंगुका कारण आमजनतामा भय र त्रास सिर्जना भएको भन्दै सांसद अधिकारीले सरकारबाट आधिकारिक दृष्टिकोण नआउँदा सर्वसाधारण समस्यामा परेको बताए। अधिकारीले डेंगु परीक्षण निःशुल्क गर्न पनि सरकारलाई आग्रह गरे। ‘डेंगु परीक्षणको वास्तविक लागत कति हो सरकारले भन्नुपर्छ। यो रोगको परीक्षणमा लाग्ने खर्च समाजवाद उन्मुख हुनुपर्ने भन्दै उनले सरकारले व्यहोर्नुपर्ने बताए। 

‘यसमा लाग्ने खर्च सबै जोड्दा पनि केही भीआईपीले राष्ट्रिय कोषबाट गरेको खर्चको अनुपातमा नगन्य नै हुन्छ’, अधिकारीले भने, ‘मन्त्रीदेखि डाक्टरसम्म डेंगुको संक्रमणमा पर्दा सरकार कुहिरोको काग भएको छ।’

अधिकारीले चितवनमा डेंगु परीक्षण शुल्क एक हजार कायम गरिएको समाचार आएको भन्दै उनले तीन सय ५० रुपैयाँको किटबाट हुने परीक्षणमा एक हजार लिन पाउने सहमति स्थानीय प्रशासनले नै गर्नु लाजमर्दो भएको बताए।

प्रतिक्रिया