केन्द्रीय समिति बैठक कुर्दै माधवकुमार नेपाल

/assets/plugins/bower_components/fileman/Uploads/madhav_kumar_nepal.jpg

काठमाडौं– पार्टीमा वरियता खोसिएसँगै पार्टी सचिवालयमा एक्लिएका नेकपा नेता माधवकुमार नेपालले आफ्नो फरक मत केन्द्रीय समितिदेखि तल्लोतहसम्म लैजाने तयारीमा छन्। 

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएपछि नेता नेपालले आफू निकट नेताहरुसँगको छलफललाई तीब्रता पनि दिएका छन्। अचेल नेपाल निकट नेताहरुको अनौपचारिक छलफल निरन्तर भइरहेको छ।

नेपाल निकट नेता बेदुराम भुसालका अनुसार पनि पार्टीभित्रका फरक मतहरु अब केन्द्रीय समितिमा उठाइनेछ।

‘सचिवालयमा हाम्रा फरक मतमाथि छलफल हुनै छोड्यो। फरक मत राख्ने नेतालाई एक्ल्याउने प्रयास भयो,’ नेता भुसालले नेपालसमयसित भने, ‘अब त्यो भन्दा ठूलो केन्द्रीय समितिमा हामी यस विषयमा छलफल हुनेछ।’

https://www.nicasiabank.com/
शीर्ष तहमा फरक मतको समाधान नभए तल्लो तहसम्म जाने उनले बताए।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जानुअघिको सचिवालय बैठकमा ओली र नेता नेपालबीच विवाद भएको थियो। त्यसपछि अहिलेसम्म दुबै  नेताबीच प्रत्यक्ष सम्वाद भएको छैन।

 ‘नेतालाई एक्ल्याउन खोज्दैमा फरक मत समाप्त हुने होइन। फरक मत त रहिरहन्छ।’ नेता भुषालले भने,‘अर्को बैठकमा पनि छलफल होस् भनेर चाहेका छौं। भएन भने अन्य बाटोहरु छँदैछन्।’

अर्का अध्यक्ष पुष्कमल दाहाल  र अध्यक्ष ओलीबीच बाक्लिएको छलफलपछि आज बुधबार चार बजे सचिवालय बैठक बोलाइएको छ।

प्रतिक्रिया