डिशहोमको फन्ड ट्रान्सफर रिचार्ज योजना सार्वजनिक

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/dish_home.jpg

काठमाडौं – नेपालको डि.टि.एच सेवा प्रदायक डिशहोमले छुट सहितका विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ।

आफ्नो स्थापनाकाल देखि नै पे टिभी इन्डष्ट्रिमा ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्दै आएको डिशहोमले यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र वार्षिक रिचार्ज गर्दा भारि छुटसहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको हो। 

अनलाईन मार्फत सजिलै विनाकुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिन्छ। फण्ड ट्रान्सफर सेवामार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकलाई महिनै पिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झट वाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ। 

https://www.nicasiabank.com/
३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागि आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानेर लिन सकिन्छ।

वार्षिक रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहेको बेसिक प्याकेज ३६०० मै हेर्न सकिन्छ। यस्तै मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिक प्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्ध हुनेछ। 

फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरमा उपलव्ध हुनेछ।

प्रतिक्रिया