नेपालमै पहिलो पटक सिभिल बैंकको एन्यूटी डिपोजिट निक्षेप योजना

/assets/plugins/bower_components/fileman/Uploads/Civil.jpg

काठमाडौं- सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ। जुन बचत र मुद्दतीको समायोजन गरी बनाइएको निक्षेप योजना हो।

एन्यूटी डिपोजिट योजना भनेको भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छयाइएको रकम सो अवधिपश्चात् एकमुष्ठ प्राप्त गर्न सकिनेछ।

सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थिर रहने छ। न्यूनतम मौज्दात रु. एक हजारबाट शुरु गर्न मिल्ने यो योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न मिल्छ।

https://www.nicasiabank.com/
त्यसैगरी योजनामा १ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्नसक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यका योजना साकार पार्न यस निक्षेप योजनाले सघाउँने बैंकले दाबी गरेको छ। ग्राहकहरुको इच्छा अनुसार यस्तो खाता एक भन्दा बढी खोल्न पाईनेछ।

सिभिल एन्यूटी डिपोजिटबाट बचतकर्ताले आवश्यक मासिक रकम बचत गरी योजनाको अन्तमा साँवा तथा ब्याजको एकमुष्ठ रकमको लाभ लिन सक्नेछन्।

आवश्यक परेको बेला ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा मौज्दात रकमको ६० प्रतिशतसम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया