अक्षयकुमारलाई भेट्न उनका प्रशंशक १८ दिनसम्म हिंडेर मुम्बई पुगे 

/assets/plugins/bower_components/fileman/Uploads/akashya.jpg

एजेन्सी– बलिउड अभिनेता अक्षयकुमारले आइतबार आफ्ना एक प्रशंसकको भिडियो र तस्वीर सोशल मिडियामा शेयर गरेका छन् । 

प्रभात नामका यि फ्यान उनीसँग भेट्न १८ दिनमा ९०० किलोमिटरको यात्रा गरेर गुजरातको द्वारिकाबाट पैदल मुम्बई पुगेका थिए । 

अक्षयले भिडियो शेयर गर्दै लेखेका छन्, “मैले आज विहान प्रभातलाई भेटें । यिनी १८ दिनमा द्वारिकाबाट पैदलै हिंडेर मुम्बई आएका हुन् । यदि हाम्रा युवाले यस्तै योजना र दृढ निश्चय आफ्नो लक्ष्य प्राप्तिका लागि लगाए भने हामीलाई कसैले रोक्न सक्दैन ।”

यस्तो नगर्नु
https://www.nicasiabank.com/
अक्षयले अर्को पोष्ट शेयर गर्दै यस्तो प्रेमले उनलाई सधैँ खुृशी महशुस हुने पनि उल्लेख गरेका छन् । तर, उनले अरुलाई यस्तो काम नगर्न पनि अनुरोध गरेका छन् । “बरु आफ्नो समय र उर्जा जीवनलाई समृद्ध बनाउनमा लगाउनुहोस्,” उनले लेखेका छन् । 

 

Met Parbat today, he walked over 900 kms all the way from Dwarka. He planned it in a way to reach Mumbai in 18 days to catch me here on a Sunday. If our youth use this kind of planning and determination to achieve their goals, then there’s no stopping us! #SundayMotivation pic.twitter.com/kJdyNxwwpa

— Akshay Kumar (@akshaykumar) September 1, 2019

प्रतिक्रिया