गड्डाचौकी नाकामा लुटिए नेपाली

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/Lutiyaka_nepali1.jpg

कञ्चनपुरको सीमावर्ति भारतीय बजारमा लुटिएपछि अर्धचेत अवस्थामा भेटिएका कैलाली, घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको महाकाली अञ्चल अस्पतालमा उपचार गरिँदै ।

कञ्चनपुर- जिल्लाको गड्डाचौकी नाकामा लुटिएका एक नेपाली युवकको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको टोली यहाँ आइपुगेको छ ।

 गड्डाचौकीबाट आज बिहान भारतमा मजदूरी गरेर घर फर्किरहेका कैलालीको घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको नगद र सामान लुटिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गड्डाचौकीमा हालै स्थापना गरेको सीमा सहायता कक्षको सम्पर्कमा आएका युवक बुढामगरको उपचार एवं उद्धारका लागि मन्त्रालयका निमित्त सचिव तेजप्रकाश जोशी यहाँ आइपुगेका छन् । 
https://www.nicasiabank.com/

महाकाली अञ्चल अस्पतालमा उपचारका लागि युवकलाई ल्याइएको भन्दै निमित्त सचिव जोशीले घटनाको सघन अनुसन्धान र लुटपाट गर्ने गिरोहलाई कानुनी दायरामा ल्याउन पहल गर्ने बताए । ‘सीमा सहायता कक्षबाट खबर पाउनासाथ हामी युवकको उद्धारका लागि आएका हौं,’ उनले भने, ‘अहिले युवक अर्धचेत अवस्थामा भएकाले घटनाको पूरै विवरण लिन सकिएको छैन ।’ 

प्रदेशको कानुन मन्त्रालयले कञ्चनपुरको गड्डाचौकी र कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकामा सीमा सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । 

प्रतिक्रिया