आफैंले पढेको कलेजमा उपचार गराउँदै प्रथम राष्ट्रपति यादव

/assets/plugins/bower_components/fileman/Uploads/Rambaran_Yadav.jpg

काठमाडौं: तीन वर्षअघि प्रोस्टेट क्यान्सर देखिएपछि अमेरिकामा उपचार गराएका प्रथम राष्ट्रपति डा.रामवरण यादव अहिले सोही रोगको उपचारका लागि भारतको चण्डिगढ गएका छन् । 

डा.यादव सोमबार परिवारका सदस्यहरुसहित चण्डीगढस्थित पोष्ट ग्राजुएट इन्स्टिच्यूट आफ मेडिकल एजुकेशन गएका हुन् ।

राजनीतिमा आउनुअघि चिकित्सा सेवामा रहेका डा.यादवले सोही कलेजमा पढेका थिए। 
https://www.nicasiabank.com/

तीन वर्षअघि अमेरिकाको हेनरी फोर्ड अस्पतालमा राष्ट्रपति यादवको शल्यक्रिया भएको थियो । 

एक पटक क्यान्सर रोग लागिसकेका विरामीले बेलाबेला स्वास्थ्य परीक्षण गराइ रहनुपर्ने भएकाले 'फलोअप' का लागि चण्डिगढ गएको यादवको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया