थाइल्याण्डको गुफामा फसेकाको सकुशल उद्दार

Thailand_123.jpg

थाइल्याण्ड-१५ दिनदेखि उत्तरी थाइल्याण्डको एक गुफामा फसेका १२ बालकमध्ये चार जनालाई सकुशल उद्दार गरिएको छ । प्रशिक्षकसहित नौ जनाको उद्दार कार्य जारी छ । उनीहरुलाई पनि सोमबारभित्रमा उद्दार गरिसक्ने उद्दार अभियानका प्रमुख नागोन्गसाकले जानकारी दिएका छन् । 

बच्चाहरुको उद्दारका लागि ९० गोताखोरको टोली सहभागी छ । जसमा ४० जना थाइल्याण्डका हुन भने बाँकी ५० जना अन्य देशबाट ल्याइएका हुन । आइतबार साँझसम्म चार जनाको उद्दार गरी अस्पताल पुर्‍याएको र बाँकीको सोमबार बिहानबाट उद्दार शुरु हुनेछ । 

यसरी शुरु भएको थियो मिसन

गुफामा फसेका १२ बालक तथा उनीहरुका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्ने ‘मिसन’ शुरु भएको छ । 

स्थानीय समयअनुसार आइतबार बिहान १० बजे १३ गोताखोरको एक समूह बच्चालाई बाहिर ल्याउने मिसन लिएर गुफाभित्र छिरेको बालक बचाउ अभियान दलका एक अधिकारीले जानकारी दिए । सबैलाई सामुहिक रुपमा निकाल्न नसकिने भएकाले प्रत्येक बालकलाई एक एक गरेर बाहिर निकाल्ने तयारी भइरहेको समाचार एजेन्सी एएफपीले जनाएको छ । 

थाइल्याण्डका स्थानीय समाचार संस्थाका अनुसार त्यहाँका प्रधानमन्त्री जनरल प्रायुत चैन ओ चा घटनाको बारेमा पछिल्लो तथ्यांक बुझ्न चियांग राई प्रान्त जाने तय भएको छ । 

आइतबार बिहानै थाइल्याण्डका अधिकारीहरुले सुरक्षा सतर्कता अपनाएको भन्दै बचाउ कार्यबाहेकका असम्बन्धित सबैलाई गुफाको प्रवेशद्वाराबाट पछि हट्न आग्रह गरेको छ । 

त्यस्तै गुफाको क्षेत्रको बाहिरको ठाउँ खाली गरेर उद्दार कार्य जारी राखिएको छ । बचाउ दलले बच्चाको परिवारलाई जानकारी गराईसकिएको उद्दार कार्यमा खटिएका अधिकारीहरुले बताएका छन् । गुफाको प्रवेशद्वार नजिकै एउटा सानो बजार छ । 

जहाँ धेरै मानिसको भीड हुने गरेको छ । त्यहाँ सबैभन्दा बढी उद्दार कार्यमा स्वेच्छारी रुपमा खटिन चाहनेहरु थिए । उद्दारमा चाहना राखेपनि व्यवसायिक उद्दारकर्मीलाई गाह्रो हुने भएकाले भीडलाई प्रहरीले हटाएको हो । मिडियाकर्मी तथा अन्य सबै मानिसलाई गुफाको प्रवेशद्वारबाट टाढा राखिएको छ । 

गुफामा अहिले १२.८ करोड लिटर पानी जम्मा भइसकेको छ । तर, पहिलेको भन्दा पानीको सतह विस्तारै घट्दै गएको उद्दार कार्यमा सहभागी थाइल्याण्डकी नेवीले बताएकी छन् । 

गुफामा बसेका कुनै पनि बच्चा पौडीको ज्ञान नभएका भएकाले पनि बाहिर निकाल्न धेरै चुनौतीपूर्ण रहेको उद्दारमा खटिएकाहरुको भनाई छ । त्यस्तै गुफा भित्रको पानी निक्कै नै चिसो छ । भित्र रहेका बालकलाई बाहिर निकाल्नेक्रममा उद्दारकर्तासँगै केहीबेर पानीमा तैरिनुपर्ने हुन्छ । 

गुफामा फसेका बालक तथा प्रशिक्षक 

जसले बच्चाहरुको रक्तसञ्चारमा समस्या आएर ज्यानै जोखिममा जान सक्ने अवस्था छ । योसँगै अन्य संक्रमणको खतरा पनि छ । गुफाको पानी भित्र रहेका विभिन्न जिवाणुहरुले मानव शरीरमा छोएमात्र पनि विभिन्न बिराम लाग्ने अवस्थाछ । 

गुफाभित्र फसेका १३ जनालाई नै निकाल्न तीन दिन समय लाग्न सक्ने उद्दारमा संलग्नहरुले बताउँदै आएका छन् । तर, पानीको बहाव कम गरेर बाहिर निकाल्न भने चार महिना लाग्ने अनुमान गरिएको थियो । 

शनिबार भएको अविरल वर्षाका कारण अरु बढी चिन्ता थपिएको थियो । तर, गुफामा पानीको सतह धेरै नबढेको अधिकारीहरुले बताएका छन् । यही अवस्थामा नै बच्चालाई बाहिर निकाल्ने गरी काम थालिएको छ । 

चियान्ग राई प्रान्तका गवर्नर तथा उद्दार कार्यको नेतृत्व गरिरहेका नारोग्साकले बच्चाको अवस्था ठीक रहेको र अब चाँडै नै बाहिर निकाल्ने बताएका छन् । उनले पानीको सतह निक्कै घटाइएको तथा यही मौकामा चाँडै नै फेसका बालकहरुको उद्दार गरिने बताएका छन् । 

गुफाको स्थिति

गुफाको मुखमा झण्डै चार किलोमिटरभित्र तथा पहाडको उच्चाईबाट करिब एक किलोमिटर मुनी यि बच्चाहरु फसेका छन् । त्यहाँ उनीहरले खाने खानेकुरा, औषधि, पानी तथा अक्सिजन पुर्‍याइएको छ । तर, उनीहरु बसेको ठाउँ नजिकै पानीको बहाव एकदमै उच्च रहेको छ । 

त्यहाँको अवस्था कति दरर्दनाक छ भन्ने कुराको पुष्टि उद्दारमै खटिएका एक गोताखोरको मृत्युले पुष्टि गर्छ । शुक्रबार गुफामा सामान पुर्‍याउन गएका एक गोताखोर समन गुननको सामान पुर्‍याएर फर्कनेक्रममा मृत्यु भएको थियो । 

कसरी फसे बच्चा

१२ जना बच्चा तथा उनीहरुका फुटबल प्रशिक्षक गत असार ९ गते शनिबार साँझ फुटबलको अभ्यास सकेर थाइल्याण्डको चौथो सबैभन्दा लामो गुफा ‘थाम लुआंग’ हेर्न गएका थिए । यो गुफाको लम्बाई १० हजार तीन सय १६ मिटर भएको बताइन्छ । असार ८ र ९ गते परेको अविरल वर्षाका कारण उनीहरु घुम्न गएको गुफा पानीले भरिएपछि सबैजना गुफाभित्र फसेका थिए । 

गुफामा फसेका उनीहरुले पानीले भेट्ने ठाउँ खोजेर बसेका थिए । 




प्रतिक्रिया