टेलिभिजनमा प्रभाव जमाउँदै हास्य श्रृङ्खला ‘हंगामा’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/Hangama.jpg

नेपाली टेलिभिजनहरुमा सबैभन्दा बढी टिआरपी हुने कार्यक्रमहरु हास्य श्रृङ्खलाहरु नै पर्छन्।

केही वर्षयता ठूला ‘रियालिटी शो’ हरु आउन थालेपछि हास्य श्रृङ्खलाहरुको प्रभाव केही कम देखि पनि रियालिटी शोहरु सिजनल हुने भएकाले बाह्रैमास चल्ने हास्य कार्यक्रमहरु आफ्नै गतिमा चलिहरेका छन्।

टेलिभिजनहरुमा पनि मुलुकको पहिलो टेलिभिजन नेपाल टेलिभिजन यस्ता श्रृङ्खलाहरु प्रसारणमा अग्रणी स्थानमा रहँदै आएको छ।

यीनै श्रृङ्खलाहरुबाट नेपाली फिल्म क्षेत्रले ‘स्टार’ हरु प्राप्त गरेको परिवेश विद्यमान छ।

पछिल्लो पटक विल्कुलै नयाँ व्यवस्थापनमा यस्तै नयाँ हास्य श्रृङ्खला आएको छ, हंगामा।

हंगामाले आफ्ना ६ वटा अंक प्रसारण गर्दा दर्शकहरुको राम्रो माया प्राप्त गर्न सफल भएको छ। कुनै निर्माता वा निदेशक वा कलाकारको विरासत विना नयाँ जगबाट स्थापित भएको हंगामा नयाँ कलाकारहरुको प्रयोगमा पनि सफल देखिएको हो।
https://www.nicasiabank.com/

त्यसो त यस श्रृङ्खलाले छिट्टै नयाँ उचाई प्राप्त गर्न तत्कालीन समयमा सामाजिक सञ्जालमा भाइरल भएका ‘अघोरी बाबा’ समेत एउटा प्रमुख खम्बाका रुपमा देखिए।

हास्य विधामा तयार भएको नयाँ श्रृङ्खलालाई अतिथि मिडियाले उत्पादन गरेर नेपाल टेलिभिजनमा प्रसारण गरिरहेको छ।

जयराम कार्कीकाे निर्माण, अरविन्द्र भट्टराई र दिलिप पन्तको लेखन र निर्देशनमा तयार भएको यस श्रृङ्खलामा कलाकारहरु भने परिचित अनुहार नै रहेका छन्। यसअघि विभिन्न चर्चित हास्य श्रृङ्खलाहरुमा काम गरिसकेका कलाकारहरुलाई समेटेर समसामयिक विषयवस्तुलाई हास्य रसमा प्रस्तुत गर्ने प्रयास यस श्रृङ्खलामा गरिएको छ।

लक्ष्मी गिरि, शिवहरि वैरागी, धनराम मुस्कान, मञ्जु श्रेष्ठ, अरविन्द्र भट्टराई, दिलिप पन्त, यादव थापा, अमृता श्रेष्ठ, निर्मला उप्रेती, रुपा सुनार, गोविन्द अर्याल, शोभाकार पौडेललगायतका कलाकारहरुले अभिनय गरेको श्रृङ्खला टेलिभिजनमा मात्र नभएर युट्युबमासमेत मन पराइएको छ।

यस्तो छ हंगामा श्रृङ्खलाको पछिल्लो अंक
 

प्रतिक्रिया