पलायन हुँदै जनकपुरका व्यवसायी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/janakpur_byabasai.jpg

जनकपुरधाम – व्यवसाय ओरालो लाग्दै गएपछि जनकपुरका व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन्। दैनिक व्यापार घाटा सहन नसकेपछि यहाँका कतिपय व्यवसायी पलायन भइसकेको र कतिपय पलायन हुने अवस्थामा पुगेका हुन्।

व्यापारिक प्रतिष्ठान सञ्चालन गर्न भाडामा लिएका घरको चर्को मासिक भाडा तिर्नसक्ने गरी समेत व्यवसाय हुनसक्दा व्यवसायी पलायन हुन थालेका धनुषा चेम्बर्स अफ कमर्सले जनाएको छ। घरधनीहरुले अप्रत्याशित रुपमा घरभाडा वृद्धि गर्दा व्यवसायीहरु थप समस्यामा परेको कमर्सको भनाइ छ।

एक वर्ष अघिसम्म मासिक १० देखि १५ हजार घर भाडा तिर्ने व्यापारीलाई अहिले २५ देखि ४० हजारसम्म भाडा तिर्नुपर्ने बाध्यताका कारण कतिपय व्यवसायीहरु पलायन भइसकेको कमर्सले जनाएको छ।

https://www.nicasiabank.com/
सस्तो मूल्यमा समान खरिद गर्ने सोचका कारण आमउपभोक्ता सीमावर्ती बजारतर्फ आकर्षित हुनेगरेकोले जनकपुरमा आर्थिक गतिविधि शिथिल बन्दै गएको कमर्सका अध्यक्ष विजयकुमार साह बताउँछन्।

जनकपुरका उपभोक्ताहरु सीमावर्ती बजारतर्फ आकर्षित हुँदा व्यापार खस्कनुका साथै नेपाली मुद्रापनि पलायन भइरहेको उनको भनाइ छ। व्यापार–व्यवसायको संरक्षण गर्ने तीनै तहका सरकारको जिम्मेवारी रहेपनि पहिलो जिम्मेवारी स्थानीय तहको रहेको भन्दै धारासायी बन्दै गएको आर्थिक गतिविधिलाई माथि उकास्न जनकपुरधाम उपमहानगरपालिकाले सार्थक कमद चाल्नुपर्ने उनले बताए।

बजार क्षेत्रअनुसार आफूहरुले घर भाडा निर्धारण गर्न आग्रह गर्दै उपमहानगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराएको बताउँदै अध्यक्ष साहले यसो गर्दा राजश्व असुलीमा समेत वृद्धि हुने दाबी गरे। व्यवसायीले भोग्दै आएको मर्कालाई ध्यानमा राखेर स्थानीय स्वायत्त शासन कानुनअन्तर्गत घर भाडा दर निर्धारण गर्न आफूहरुले उपमहानगरपालिका कार्यालयसँग माग गरेको उनले बताए।

प्रतिक्रिया