प्रदेश नामाकरणमा आ-आफ्नै अडान, उदार बन्न आग्रह

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/pradesh_2.jpg

जनकपुरधाम – प्रदेश २ को नामाकरण गर्न र स्थायी राजधानी तोक्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ। भाद्र ५ मा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सदस्यहरुले प्रस्ताव दर्ता गराएका हुन्। 

सत्तासीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले प्रदेशको नामाकरण ‘मधेश प्रदेश’ र राजधानी जनकपुरसहित धनुषाको पूर्वी भेग र मिथिला नगरपालिकाको ढल्केबरका साथै महोत्तरीको मिथिला मध्यमा परिक्रमा क्षेत्र समावेश गर्न प्रस्ताव गरेको छ । 

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपाले प्रदेशको नाम ‘जानकी’ र राजधानी धनुषा जिल्लासहित महोत्तरीको मिथिला मध्यमा परिक्रमा क्षेत्र गाभिनुपर्ने भनेको छ । यता नेपाली कांग्रेसले प्रदेशको नामाकरण ‘मिथिला–भोजपुरा’ र राजधानी जनकपुरधाम उपमहानगरपालिकालाई तोक्न प्रस्ताव गरेको छ।

प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएसँगै प्रदेशको नामाकरण के हुने र राजधानी कहाँ तोकिनेबारे विभित्र तहतप्कामा बहस सुरु भएको छ। प्रदेशसभाको दुई तिहाई बहुमतबाट नामाकरण र राजधानीको टुंगो लाग्ने भएपनि सबैले आ–आफ्ना तर्क प्रस्तुत गर्ने गरेका छन्।

तर प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन सबै दलले आ–आफ्नो स्थानबाट उदारता देखाउनुपर्ने जनकपुरका सरोकारवालाहरुले सुझाव दिएका छन्। मिथिला राज्य संघर्ष समितिले मंगलबार जनकपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले ‘आफ्नो गोरुको बाह्रै टक्का’ भत्रे हठ दलहरुले त्याग नगरे नामाकरण र राजधानीको प्रस्ताव अर्को निर्वाचनको मुद्दा बत्रे निश्चित रहेको बताएका छन्।

वरिष्ठ साहित्यकार तथा वामविचारक रोशन जनकपुरीले एकले ‘मधेश’ र अर्कोले ‘मिथिला’ को हठ नत्यागेसम्म प्रदेशको नामाकरण हुन नसक्ने बताउँदै सबैले उदारता प्रदर्शन गर्नु बुद्धिमानी हुने तर्क गरे। ‘जसरी मिथिला र भोजपुराको यथार्थ छ, त्यसैगरी मधेशको पनि आफ्नो यथार्थ छ,’ उनले भने, ‘मिथिला र भोजपुरा जस्तै मधेशलाई पनि नकार्न सकित्र, सबैजना उदार बनेर सहमतिमा नामाकरण गरौं।’

https://www.nicasiabank.com/
प्रदेशको नामाकरणको सवाल राजनीतिक उद्देश्यले आएपनि नेपाली कांग्रेस अन्य दलभन्दा बढी उदार देखिएको उनको भनाइ थियो। ‘मधेश केन्द्रीत दल र नेपाली कांग्रेसले राजनीतिक उद्देश्यले प्रस्ताव ल्याएको छ,’ उनले भने, ‘तर नेकपाको प्रस्ताव झारो टार्ने जस्तो देखियो।’ प्रदेश नामाकरणबारे नेकपाको प्रस्ताव हेर्दा उसले सरकारसँग आन्तरिक सहमति गरेकोे आशंका जनकपुरीको छ।

मैथिली अभियानी एवं तत्कालीन एमालेका पूर्वसभासद शितल झाले प्रदेशको नामाकरण ‘जानकी’ गर्ने नेकपाको प्रस्तावलाई खेलाँचीको संज्ञा दिँदै प्रदेशसभामा अल्पमतमा पर्ने दाबी गरे। मिथिलाको पौराणिक, ऐतिहासिक र धार्मिक महत्व रहेको भन्दै उनले यसबाट दुरी बनाउनु विशुद्ध रुपमा राजनीतिमात्र रहेको बताए। समग्र मधेश पाउन नसकेपछि ८ जिल्लालाई मात्र मधेश बनाउनु दुर्भाग्यपूर्ण रहेको उनको तर्क थियो।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले सत्तासीनसहित चार दलले थरीथरी नाम प्रस्ताव गरेपनि मिथिला छोड्न नसकिने बताए। मिथिलाको पौराणिक इतिहास रहेको भन्दै नामाकरण गर्दा सबै दलले सहयोग गर्नुपर्ने चौधरीको भनाइ थियो।

अन्तरक्रियाका सहभागीहरुले धनुषासहित महोत्तरीको मिथिला मध्यमा परिक्रमा क्षेत्रलाई समेत राजधानी बनाउने प्रस्तावप्रति आपत्ति जनाएका छन्। केही दलले यस्तो प्रस्ताव ल्याएर जनकपुरको अस्तित्वमाथि प्रहार गर्ने काम गरेको सहभागीहरुको भनाइ थियो।

मैथिली विकास कोषका अध्यक्ष चौधरीले आठ जिल्ला भएको प्रदेशको दुई जिल्लालाई राजधानी बनाउनु तर्कसंगत कुरा नरहेको बताए। मुलुकको राजधानी भन्दा ठुलो क्षेत्रफल भएको राजधानीको प्रस्ताव ल्याउनुको उद्देश्य प्रष्ट पार्न उनले आग्रह गरे। ‘जनकपुर बाहिरको क्षेत्रलाई समावेश गरेर राजधानी बनाउने प्रस्तावको कुनै अर्थ छैन । झन् जनकपुरबाट जितेका प्रदेशसभा सदस्यबाट यस्तो प्रस्ताव दर्ता हुनु दुर्भाग्यपूर्ण छ,’ उनले भने, ‘भविष्यमा जनकपुरबाट राजधानी सार्ने धेयका साथ यस्तो प्रस्ताव आएको छ । तर उपमहानगरपालिक र व्यापार संघ मौन भएर बसेको छ।’

कार्यक्रममा बोल्दै युवा अभियन्ता सुशील कर्णले मिथिलाको इतिहास अन्त्यगर्ने खेल भइरहँदासमेत मिथिला र मैथिलीको नाउँमा सम्मान पाउनेहरु चुप लागेर बसेको देख्दा आश्चर्य लागेको बताए। मिथिला र मैथिलीको क्षेत्रमा लागेका संस्थाहरुले पनि सही व्यक्ति छनौट गर्न नसक्नु दुःखद रहेको उनले बताए।

प्रतिक्रिया