वैशाखयता सेतीमा डुवेर ७ को मृत्यु 

/assets/plugins/bower_components/fileman/Uploads/River-copy_1.jpg

डोटी- वैशाखयता सेती नदीमा डुवेर सात जनाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार केआइसिंह गाउँपालिका-५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावल सेती नदीमा डुबेर ज्यान गएको छ । शिखर नगरपालिका-२, कालागाडस्थित धार्मिक तीर्थस्थल सालमुनिमा पूजा गर्ने क्रममा नदीमा नुहाउँदा बेपत्ता भएका उनको शव नौ दिनपछि फेला परेको थियो । 

यस्तै, शिखर नगरपालिका-४ की १६ वर्षीया धर्माकुमारी महरा, आदर्श गाउँपालिका-५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह, आदर्श गाउँपालिका-६ गिरीचौकाकी अन्दाजी ३५ वर्षीया बसु अधिकारी, शिखर नगरपालिका-१० का अन्दाजी पाँच वर्षीय गोविन्द बलायर, आदर्श गाउँपालिका-४ का ५२ वर्षीया मनी पार्की र दिपायल सिलगढी नगरपालिका-४ राजपुरकी आठ वर्षीया करिश्मा नेपालीको सेतीमा डुवेर ज्यान गएको प्रहरीले जनाएको छ । 

https://www.nicasiabank.com/
सेती नदीमा पानीको प्रवाह तीव्र भएका कारण नुहाउन जाँदा सामान्य लापरवाहीले डुब्ने गरेको प्रहरी नायब उपरीक्षक धामी बताउँछन् । उनी भन्छन्, ‘सेती नदीको पानी अन्य नदीहरुको तुलनामा बढी चिसो र तीव्र छ, जसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्ति पनि यस नदीमा छिट्टै डुब्ने गर्छन् ।’ चिसो पानीमा पौडी खेल्दा रक्तसञ्चार कम हुने र मान्छे छिट्टै थाक्ने भएका कारण पौडी खेल्न नसकी डुब्ने गरेको उनको भनाइ छ । 
 
सेतीमा डुबेर बर्सेनि मानिसले ज्यान गुमाउने गरेका छन् । तीमध्ये अधिकांश नुहाउने क्रममा डुब्ने गरेको स्थानीय बताउँछन् । त्यसकारण यसबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ । 

 

प्रतिक्रिया