बाघको आक्रमणबाट वृद्धको मृत्यु

/assets/plugins/bower_components/fileman/Uploads/Death_Body.jpg

बर्दिया- बर्दिया राष्ट्रिय निकुन्जबाट निस्केको बाघको आक्रमणबाट आइतबार बिहान वृद्धको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँमा ७० वर्षीय पहरिया तारुको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार घरमा पालेको संगुरलाई आहारा दिने बेला बिहान करिब ७ बजे उनलाई बाघले आक्रमण गरेको हो । 
https://www.nicasiabank.com/

तीन दिनअघि पनि बाघको आक्रमणबाट महिलाको ज्यान गएको थियो । प्रहरीका अनुसार गेरुवा गाउॅपालिका-४ मा घास काट्न सामुदायिक वनमा गएकी स्थानीय रामकली शाहीको ज्यान गएको थियो । 

प्रतिक्रिया