कोहलपुरमा दुई करोडको हाइमास्ट लाइन जडान गरिँदै

/assets/plugins/bower_components/fileman/Uploads/High_Mast_Light.jpg

बाँके– जिल्लाको कोहलपुर नगरलाई उज्यालो सहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ ‘हाइमास्ट लाइट’ (उच्च क्षमतायुक्त बत्ती) जडान गर्दैछ ।

विभिन्न दातृ निकायको दुई करोड रूपैया्रँको सहयोगमा हाइमास्ट लाइट जडान गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावत बताए ।  उनका अनुसार सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र नगरपालिकाबीच भएको छलफलमा मन्त्री राईले नगरपालिकाको उज्यालो अभियानलाई सफल बनाउन हाइमास्ट लाइट जडान गरिनेछ । 

कोहलपुर क्षेत्रका आम नागरिकले कोहलपुर नगरलाई सुन्दर र उज्यालो बनाउन नगरपालिकासँग पटक–पटक अनुरोध गरेअनुसार नगरपालिकाले सहरी विकास मन्त्रालय, कोहलपुर नगर विकास समितिलगायत सरोकारवाला निकायसँगको समन्वयमा हाइमास्ट लाइट जडान अघि बढाएको प्रमुख रावतको भनाइ छ । 

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय विपी चोकमा केही महिनाअघि हाइमास्ट लाइट जडान गरेको थियो । उक्त हाइमास्टले विपीचोक क्षेत्रको सुन्दरता बढाउनुका साथै रातिको समयमा पनि पैदलयात्रुदेखि सवारीसाधनलाई सडक पार गर्न सहज भएको छ । यही कामलाई पछ्याउँदै कोहलपुरमा पनि हाइमास्ट जडान गर्ने प्रक्रिया अघि बढाएको हो । 

https://www.nicasiabank.com/
‘यसका लागि नगरपालिकाले बोलपत्र आह्वान गरी ठेक्का सम्झौतासमेत गरिसकेकाले अबको केही साताभित्रै हाइमास्ट जडानको काम अघि बढ्नेछ,’ प्रमुख रावतले भने । नगरपालिकाका प्रमुख रावत र सहरी विकासमन्त्री राईबीच भएको छलफलमा कोहलपुर नगरपालिका क्षेत्रभित्र ५०० व्यक्ति अट्ने सिटीहलको निर्माणसमेत गर्ने विषयमा सहमति भएको छ । 

सिटीहल निर्माणबारे यसअघि पनि पटक–पटक छलफल हुँदै आएको थियो । सिटीहलका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत यसअघि तयार भए पनि सरोकारवाला निकायले चासो नदेखाउँदा हालसम्म सिटीहल निर्माणले गति लिनसकेको थिएन । जनप्रतिनिधिले चासो नदेखाउँदा सिटीहल निर्माण गति लिन नसकेको उपप्रमुख सञ्जुकुमारी थारूले बताइन् । 

कोहलपुरको समग्र विकासमा सिटीहल र हाइमास्ट जडानले थप मद्दत गर्ने भन्दै उनले जनचाहना र मागअनुसार नै विकास निर्माणका गतिविधिलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताइन् ।  

 

प्रतिक्रिया