अमेजनको आगो नियन्त्रणमा ल्याउन विश्व समुदायको दबाब, सेना परिचालन गरियो

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/amzon_fire.jpg

ब्राजिल – ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले अमेजन जंगलमा लागेको आगो निभाउन सेना परिचालन गर्न आदेश दिएका छन्। राष्ट्रपति बोलसोनारोले एक विज्ञप्ति जारी गर्दै संरक्षित क्षेत्रमा सेना परिचालनको आदेश दिएका हुन्।

विदेशी राष्ट्रहरुबाट चौतर्फि दबाब आएपछि राष्ट्रपति बोलसोनारोले यस्तो निर्णय गरेका अधिकारीहरुले बताएका छन्। फ्रान्स र आयरल्यान्डले यतिसम्म भनेका छन् की, जबसम्म ब्राजिलले अमेजनमा लागेको आगो निभाउनका लागि केही प्रयास गर्दैन तबसम्म उससँग व्यापारिक कारोबार गर्न सकिन्न।

संसारलाई करिब २० प्रतिशत अक्सिजन दिने मुख्य क्षेत्रको रुपमा रहेको अमेजनको वर्षावनमा लागेको आगोका कारण विश्वकै पर्यावरणमा गम्भीर समस्या आउन सक्ने भन्दै सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अमेजनमा लागेको आगो अन्तर्राष्ट्रिय समस्या भएको बताउँदै यसलाई मुटु नै चसक्क पार्ने घटना भएको बताएका छन्। उनले यसका लागि ब्राजिलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए।
https://www.nicasiabank.com/

जर्मन चान्सलर एन्जेला मर्केलले यसलाई आपतकालिन परिस्थितीको संज्ञा दिँदै यो ब्राजिलका लागि मात्र नभई विश्वलाई नै प्रभावित पार्नसक्ने समस्या भएको बताएका छन्। 

विश्वका सम्पन्न राष्ट्रबाट आगलागी नियन्त्रणका लागि चर्को दबाब र सहयोगको आश्वासन आइरहँदा राष्ट्रपति बोलसोनारोले आगलागी नियन्त्रणका लागि विकल्पहरुमाथि छलफल भइरहेको र सेनासमेत परिचालन गरिने बताएका थिए। उनले राजनीतिक लाभका लागि यसमाथि हस्तक्षेप नगर्नसमेत विश्व समुदायमा आग्रह गरेका छन्। 

प्रतिक्रिया