लागुऔषधसहित दुई पक्राउ

/assets/plugins/bower_components/fileman/Uploads/Hatkadi.jpg

कास्की । पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बिहीबार बेलुका पोखरा महानगरपालिका–२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामालाई पक्राउ गरेका हो ।

https://www.nicasiabank.com/
प्रहरीका अनुसार उनीहरूको साथबाट ०.६८ ग्राम ब्राउनसुगर बरामद गरिएको छ ।  

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया