नेपाल कीर्गिस्तानसँग पराजित 

/assets/plugins/bower_components/fileman/Uploads/Vallyball.jpg

काठमाडौं- नेपाल एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा पराजित भएको छ। 

सोमबार भएको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको हो।

https://www.nicasiabank.com/
यता कीर्गिस्तान भने नेपालविरुद्ध जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ए मा रहेका तीन टोलीमध्य पहिलो जित निकाल्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने पक्का थियो। 

ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलको पहिलो सेटमा २५-२२ को जित निकालेको कीर्गिस्तानले दोस्रो सेटमा २५-२२ र तेस्रो सेटमा २५-२२ को जित निकाल्न सफल भएको हो।

प्रतिक्रिया