सांसद रामकुमारी झाँक्रीले ‘सेयर कहाँ बेच्ने ?’ भनेपछि ... 

/assets/plugins/bower_components/fileman/Uploads/ramkumari-copy_1.jpg

काठमाडौं–  गत बुधबार संसदको अर्थसमितिमा नेपालको पुँजी बजारको अवस्था र वाणिज्य बैंकहरुले ब्रोकर लाइसेन्स लिन पाउने/नपाउने विषयमा छलफल थियो । 

समितिमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपाल, अर्थमन्त्रालयका सचिव राजन खनाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद लगायतको उपस्थिति थियो । 

राष्ट्र बैंक, धितोपत्र बोर्ड, अर्थमन्त्रालय, नेप्से लगायतका प्रमुखहरुले पालैपालो पुँजी बजार के हो र बैंकहरुलाई ब्रोकर लाइसेन्स किन दिइनु पर्छ भन्नेबारे धारणा राखे। त्यसपछि पालो आयो सांसदहरुले प्रश्न सोध्ने ।

समितिकी सदस्य, सांसद रामकुमारी झांक्रीले प्रश्न तेर्स्याइन् सेयर कहाँ बेचिन्छ ? सेयर कसरी बढ्छ ? झाँक्रीको प्रश्नमा त्यहाँ उपस्थित सबै मुखामुख गरेर हाँस्न थाले । 

रमाइलो कुरा त के भने सेयर कहाँ बेच्ने भन्ने जानकारी नभएकी झांक्रीलाई अर्थसमितिले पुँजीबजार सम्बन्धी तथा बाणिज्य बैंकहरुले ब्रोकर लाइसेन्स लिएर काम गर्न पाउने कि नपाउने भन्ने विषयमा अध्ययन गर्न गठित उपसमितिको संयोजक तोकेको छ । 

त्यही बैठकमा समितिकी अर्की सदस्य एवम् सांसद जुली महतोले बैंकको सिइओको कार्यअवधि कति समयको हुन्छ भन्ने प्रश्न गरिन् । महतो व्यवसायी उपेन्द्र महतोकी बहिनी तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठकी श्रीमती समेत हुन् । 

बैठकपछि पुँजी बजारबारे छलफलमा सहभागीहरुले अर्थ समितिकै सदस्यहरुले अर्थ समितिका सदस्यले न्यूनतम जानकारी पनि नराखेको भन्दै आलोचना गरे। 
https://www.nicasiabank.com/
महतो र झाँक्रीको प्रश्नको जवाफ अर्थसचिव राजन खनालले दिएका थिए ।

त्यस्तै गत शुक्रबार सहकारी मन्त्री पद्मा अर्यालले नेफ्स्कुनको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा भनिन्, “सहकारीको व्याजमा एकरुपता ल्याउनका लागि व्याजदर तोकिएको हो।” 

तर, सहकारीहरुले धेरै ब्याजको लोभ देखाएर निक्षेप उठाई भाग्ने गरेका घटना बढ्न थालेपछि सहकारी विभागको नेतृत्वमा सन्दर्भ व्याजदर समितिले ब्याजदर तोकेको थियो। मन्त्रीलाई थाहै नभएको विषयमा बोलिइदिइन् । सुन्नेले जेसुकै ठानुन् के मतलब !

संघीय संसदको विभिन्न समितिमा रहेका सभासद र मन्त्री समेतले आफू बोल्ने विषयका बारे अनभिज्ञ छन् । विभिन्न कार्यक्रममा जाने र भाषणबाजी गर्ने बाहेक अधिकांश सांसदहरुले सम्बन्धित विषयमा गहन अध्ययन र खुला छलफल गर्दैनन्। 

समितिमा ऐन संसोधनको लागि पेश गरिएको हुन्छ । नयाँ विधेयकहरु छलफलका लागि सम्बन्धित समितिमै जान्छन् । तर, समितिका सदस्यहरुलाई विषयवस्तुबारे आधारभूत ज्ञान नै हुँदैन । न त विज्ञसँग त्यसबारे सोधेको पाइन्छ । यस्तो अवस्थामा आफ्नो पार्टीका नेताहरुले भने बमोजिम समर्थन वा विरोध गर्ने । त्यो पनि नभए, अधिकांश सांसद–नेताहरुले कर्मचारीहरुले हामीलाई घुमाए, आफुअनुकुल ऐन नियम बनाए भन्ने बहाना बनाउँछन्। 

सांसदहरुको संवन्धित विषयको ज्ञानबारे जानकार कर्मचारीहरुले आफू अनुकुल ऐन नियमहरु बनाउने वा संधोशन गराउने नगरेका पनि होइनन् । तर, त्यसका लागि जिम्मेवार त विधि निर्माता सांसदहरु नै हुनुपर्छ । 

प्रतिक्रिया