सगरमाथा आरोहणका लागि ६५ सय मिटर आरोहणको अनुभव अनिवार्य

/assets/plugins/bower_components/fileman/Uploads/Sagarmatha.jpg

काठमाडौं- संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ हजार भन्दा माथिका हिमाल आरोहण गर्नु पहिले ६५ सय मिटर माथिको हिमाल आरोहण गरेको अनुभव हुनुपर्ने मापदण्ड बनाउने तयारी गरिरहेको छ।

नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा देखापरेका समस्याको अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले ६५ सय मिटर माथिको हिमाल आरोहण गरेकालाई मात्र सगरमाथा र ८ हजार माथिको हिमाल आरोहण गर्न अनुमति दिनुपर्ने सुझाव मन्त्रालयमा पेस गरेको थियो।

सो सुझावलाई मापदण्ड बनाएर लागू गर्ने बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले सो प्रतिवेदन ग्रहण गर्दै यस्तो जानकारी दिएका हुन्।

सो प्रतिवेदनमा पर्वतारोहीको स्वास्थ्य जाँच गरिनुपर्ने, बिमा रकम बढाउनुपर्ने, आधारभूत साथै उच्च पर्वतारोहण तालिम लिएको हुनुपर्ने पर्वतारोहीसँग तालिम प्राप्त नेपाली जनशक्ति हुनुपर्ने, एक दिनको आरोहण योजना गर्दा अधिकतम आरोही सङ्ख्या सामान्यतया १ सय ५० भन्दा बढीको गर्न नहुने लगायतका सुझाबहरु रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणका क्रममा बीबीसीले समेत उनलाई सगरमाथामा भएको ट्राफिक जामले धेरै मानिसहरुको ज्यान गएको भन्दै हिमाल आरोहणसँगको विषयमा विभिन्न प्रश्नको सामना गर्नुपरेको थियो।

सन् २०१९ को बसन्त ऋतुमा हिमाल आरोहणमा ट्राफिक जाम हुँदा कयौँले ज्यान गुमाएका थिए। त्यहीबेला सरकारको आलोचना पनि भएको थियो। त्यसपछि प्रधानमन्त्री तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतमा उनले अध्ययन कार्यदल गठन गरेका थिए।



प्रतिक्रिया