विश्‍वमा आज : कहाँ के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/world_copy_1.png

-श्रीलंकामा तिब्र बेगमा आएको आँधी र भीषण वर्षाका कारण सत्र सय भन्दाबढी घरहरु क्षतिग्रस्त भएका छन्। गत बिहीवारदेखी चलिरहेको आँधी अझै रोकिने संभावना देखिएको छैन । श्रीलंकाली बिपद् ब्यवस्थापन केन्द्रका अनुसार यो स्थिती अझै केही दिन रहने छ।
 
-विगत केही दिनयतादेखि परीरहेको भीषण वर्षाका कारण थाइल्याण्डको सबैभन्दा लामो काठेपुल क्षतिग्रस्त हुने संभावना रहेको थाइ सेनाले जनाएको छन्।थाइल्याण्डको पश्चिमी प्रान्त कन्चन्बुरिमा उक्त काठेपुल रहेको छ। सेनाका अनुसार कुनै पनि बेला उक्त पुलमा क्षती पुग्न जाने हुनाले सबै आपतकालिन तयारीका साथ एउटा सैन्य टुकडी नै खटिएको बताएको छ।
 
-केही समय अघि बेलायतले कब्जामा लिएको ईरानी तेल ट्यांकर बेलायतले छिट्टै मुक्त गरिदिने ईरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ। दुई पक्षीय भेटवार्ताका क्रममा आवश्यक कानुनी कागजात लेनदेन गरिसकेपछि ट्यांकरलाई ईरानको जिम्मा लगाउने बेलायतले तयारी गरिरहेको एक अधिकारिले जनाएका छन्।

-क्युबा र बेलायती बेभरेज कम्पनीहरुले संयुक्तरुपमा एक प्रकारको रक्सी बिक्री गर्नेबारे दुइपक्षीय सहमति भएको जनाएका छन्। क्युबाली सरकारको अधिनमा रहेको कम्पनी रन एस ए र बेलायती बेभरेज कम्पनीको सहायक कम्पनी डिएगोले संयुक्तरुपमा काम गर्ने र क्युबाली प्रसिद्ध रमलाई विश्व बजारमा पुर्‍याउने बताइएको छ।

-भेनेजुएलाको राष्ट्रिय संविधान सभाले विधायिकाको निर्वाचनको मिती तोक्नेबारे निर्णय गर्ने भएको छ। सभाले उक्त मिती तोकेपछि संसदीय निर्वाचनबारे गम्भीर ढंगले छलफल गर्ने बताएको छ।

https://www.nicasiabank.com/
-एक अमेरिकी न्यायाधिवक्ताले राष्ट्रपति ट्रम्पको नयाँ आप्रवासी नीतिबारे प्रतिकृया जनाएका छन्। महान्यायाधिवक्ता बब फर्गुशनले ट्रम्पको उक्त नीतिलाई आप्रवासन विरुद्धको सोच भनेका छन्। अमेरिकाको पश्चिमी प्रान्त वाशिङ्गटनका महान्यायाधिवक्ताको हैंसियतले उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

-नर्वेली सागर र उत्तर सागरका बीच रुसी लडाकु विमानहरुले तालिकाबद्ध उडान सम्पन्न गरेका छन्। रुसी रक्षामन्त्रालयका अनुसार ब्यारेट्स क्षेत्रमा उक्त उडान भरिएको जनाइएको छ। 

-दक्षिण सुडानमा इबोला भाईरसकाविरुद्ध उच्च सतर्कता अपनाइएको छ। छिमेकी मुलुक कंगोमा यसको प्रकोप व्यापक रुपमा फैलिएपछि दक्षिण सुडानले पनि आवश्यक सतर्कता अपनाएको हो।

-फिलिपिनी प्रशासनले हाल हङकङमा जारी विरोध प्रदर्शनहरु तत्काल अन्त्य गर्नुपर्ने सुझाव दिएको छ।

-भारतीय प्रान्त दिल्लीको स्थानीय प्रहरीले एक कार्यक्रमका अवसरमा राष्ट्रिय स्वतन्त्रता दिवसलाई गणतन्त्र दिवस भनि आफ्नो एड्भाइजरीमा लेखेपछि त्यसले कानुनी विवादको सिर्जना गरेको छ।

प्रतिक्रिया