थुनुवा फरार काण्डमा असईसहित तीन प्रहरी निलम्बित

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/Nepal_police_ns.jpeg

काठमाडौं- सिंहदरबार वृत्तबाट थुनुवा फरार भएको विषयमा छानविन गर्न गठन गरिएको समितिले असईसहित तीन प्रहरीलाई निलम्बित गरेको छ।

महानगरिय प्रहरी परिसर काठमाडौंले एसपी अशोक सिंहको नेतृत्वमा एक छानबिन समिति गठन गरेको थियो । समितिको अनुसार निलम्बन हुनेमा थुनुवा फरार भएका बेला ड्युटीमा रहेका ड्युटी अफिसर असई भीमबहादुर थापा, हवलदार बोधबहादुर माझी र चन्द्रबहादुर विक छन्। 

समितिले उनीहरुमाथि अनुसन्धान थालेको छ। समितिका संयोजक एसपी सिंहले ड्युटीमा रहेका प्रहरी दोषी ठहरिए प्रहरी ऐनअनुसार कारबाही हुने बताए।

गत शनिबार फरार भएका चोरी मुद्दाको आरोपमा पक्राउ परेका ४ जना फरार भएका थिए । फरारमध्ये अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबा पक्राउ परिसकेका छन् । फरार मदन तामाङको खोजी भइरहेको महानगरिय प्रहरी परिसरले जनाएको छ ।



प्रतिक्रिया