सिंहदरबारको हिरासत तोडेर भागेका वाइबा पक्राउ 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/farar_kaidi.jpg

काठमाडौं- प्रहरी हिरासतबाट भागेका सुकलाल वाइबा बौद्धबाट पक्राउ परेका छन्।

सिंहदरबार प्रहरी वृत्तको हिरासत तोडेर शनिबार बिहान वाइबासहित ४ कैदी फरार भएका थिए। उनीहरू मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका थिए।

महानगरीय प्रहरी परिसरका प्रवक्ता हविन्द्र बोगटीका अनुसार हिरासतबाट वाइबासहित अनिल थापा, सुपा लामा, करण मुक्तान र मदन तामाङ भागेका थिए। फरार रहेका अनिल थापा र सुपा लामालाई प्रहरीले शनिवार पक्राउ गरेको थियो। 

कैदी भेट्न गएका करण मुक्तानले हिरासतमा हेक्सो लगिदिएको र सुकलालको योजनाअनुसार कैदी रहने झ्यालको फलाम तोडेर चार जना कैदी भगाएको अनुसन्धानबाट खुलेको छ। फरार मदनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया