प्रभु बैंकले थप्यो दुई नयाँ शाखा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/prabhu_bank.jpg

काठमाडौं – प्रभु बैंक लिमिटेडले थप दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा प्रदान गर्न बैंकले डोल्पा जिल्लाको शेफोक्सुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखा र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

आज देखि सञ्चालनमा आएका शाखा कार्यालयबाट प्रवाह हुने सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ।




प्रतिक्रिया