घरेलु तथा साना उद्योगको ‘इम्प्याक्ट अवार्ड २०७६’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/impact_award.jpg

काठमाडौं – घरेलु तथा तथा साना उद्योग महासंघले ‘इम्प्याक्ट अवार्ड २०७६’ आयोजना गर्ने घोषणा गरेको छ । सोमबार महासंघले अवार्ड आयोजनाको घोषणा गरेको हो। युवा उद्यमीहरूलाई हौसला र उत्प्रेरित गर्र्ने उद्देश्यले यस अवार्डको आयोजना हुन लागेको घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए। 

अवार्ड कार्यक्रम भदौ २५ गते प्रदेश नं २ को धनुषामा हुनेछ। यसअघि भदौ ७ गते अवार्डको आयोजना गरिने गरिएकोमा तराईमा आएको बाढीको कारण भदौ २५ गतेसम्मलाई सारिएको समेत अध्यक्ष गिरीले बताए।




प्रतिक्रिया