हिमाल दोलखा हाईड्रोपावरको शेयर सर्वसाधारका लागि खुला

/assets/plugins/bower_components/fileman/Uploads/ss.jpg

इलाम- हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता शेयर छुट्टाएको छ।

यहि साउन २४ गतेसम्म मात्र निष्कासन हुने शेयरका लागि लगानी कर्ताले न्युनतम १ कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। प्रति शेयरका लागि रु १०० पर्ने कम्पनी नाफामा गएकाले शेयरधनीहरुले उचित लाभांश पाउने कम्पनीको दाबी छ।

निष्कासनबाट प्राप्त हुने सम्पूर्ण रकम उपयोग गरिने भएको हुनाले सर्वसाधारण शेयरधनीहरुले ढुक्क भएर लगानी गर्न सक्ने अवस्था रहेको कम्पनीनले जनाएको छ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९ र १० तथा माई नगरपालिका वडा नं. ९ मा रहेको छ। कम्पनी अन्तरगत रहेका माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) बाट २०६७ फागुन १ गते र माई खोला साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) बाट २०७४ चैत २६ गतेदेखि पूर्ण रुपमा व्यवसायिक उत्पादन शुरु भएको छ। यस कम्पनीले केबिएनआर इशुवा पावर लिमिटेड (९७.२ मेगावाट) मा १९ प्रतिशत शेयर लगानी गरेको र उक्त आयोजनाको प्रति मेगावाट लागत १० करोड रहेको हुँदा सोबाट प्रति मेगावाट ४.३५ करोडका दरले आय आर्जन गर्न सक्ने कम्पनीको दाबी छ।

यस कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लि., जमल, काठमाडौं रहेको छ। 
साथै उक्त निष्कासनमा आवेदन गर्नका लागि सि–आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र तिनका शाखा कार्यालयहरुबाट तथा मेरो शेयर मार्फतसमेत दरखास्त दिन सकिने व्यवस्था रहेको छ।



प्रतिक्रिया