नाट्टा प्रदेश ५ मा पदस्थापना, पत्रकार ढुंगाना पुरस्कृत

/assets/plugins/bower_components/fileman/Uploads/DSCN0052.jpg

भैरहवा- नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर (नाट्टा) प्रदेश ५ को नवनिर्वाचित पदाधिकारीको पदस्थापन भएको छ।

प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नाट्टा प्रदेश ५ का नवनिर्वाचित पदाधिकारीको पदस्थापन गरिएको हो।

नाट्टा प्रदेश ५ अध्यक्ष विष्णु प्रसाद शर्माले नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) लाई पदस्थापन गराए। त्यसअघि निर्वाचन अधिकृत अधिवक्ता धर्म बहादुर खड्काले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।

https://www.nicasiabank.com/
सागरको नेतृत्वमा नाट्टा प्रदेश ५ मा नयाँ नेतृत्व चयन भएको छ। प्रथम उपाध्यक्षमा रचना पन्त, द्वितीय उपाध्यक्षमा कुलचन्द्र पाण्डे, तृतिय उपाध्यक्षमा अनिलमान श्रेष्ठ, महासचिवमा चन्द्र बहादुर थापा, सचिवमा अन्जन श्रेष्ठ, कोषाध्यक्षमा प्रदीप कुमार पोखरेल, सह कोषाध्यक्षमा अंकित जैसवाल पदस्थापित भएका छन्। यसैगरी सदस्यहरुमा विना न्यौपाने, ज्ञानुमाया पोखरेल, प्रकाश  भट्टराई, विराट श्रेष्ठ, सुजित कुमार श्रेष्ठ, महेश पन्थी, उमाशंकर सिंह खड्का, गोबिन्द सिंह (लक्की), जिवनाथ अधिकारी (हरि) पदस्थापित भएका छन्।

नाट्टा प्रदेश ५ को अधिवेशन तथा साधरणसभा साउन ११ गते सम्पन्न भएको थियो। सो अवसरमा नाट्टा पर्यटन पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार माधब ढुंगानालाई नगद सहित पुरस्कृत गरिएको थियो।

कार्यक्रममा मन्त्री लिला गिरी, होटल एशोसियनका केन्द्रीय सदस्य गोपाल राना, सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष सिपी श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष गोपाल प्रसाद अधिकारी, उद्योग व्यपार संगठनका अध्यक्ष नारयण भण्डारी, नेपाल भ्रमण वर्ष २०२० का प्रदेश ५ संयोजक माधब नेपाल, पुरस्कृत पत्रकार माधब ढुंगाना, नाट्टाका निवर्तमान अध्यक्ष विष्णु प्रसाद शर्मा र अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) र उपाध्यक्ष रचना पन्त लगायतले मन्तब्य राख्दै प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष र नेपाल सरकारले घोषणा गरकेो नेपाल भ्रमण वर्ष सफल पार्न एकजुट भई काम गर्ने बताएका थिए।

प्रतिक्रिया