ललितपुर महानगर र चीनको जिन्हुवा महानगरबीच सहकार्य

/assets/plugins/bower_components/fileman/Uploads/DSC_1643.jpg

ललितपुर- ललितपुर महानगरपालिका र चीनको जिन्हुवा नगरपालिकाबीच शैक्षिक, आर्थिक, सांस्कृतिक, व्यापारिक तथा प्राविधिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।

शुक्रवार ललितपुर महानगरपालिकामा चीनको जिन्हुवा नगरपालिका र नेपालको ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्धका लागि आसय पत्रमा हस्ताक्षर भएसंगै सहमति भएको हो।

आसय पत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र चीनका ‘द स्ट्यान्डिङ कमिटि अफ जिन्हुवा म्युनिसपाल पिपल कांगे्रसका’ चेयरम्यान ह्वाङ जीन चावले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा उपस्थिति विदेशी पाहुनालाई महानगर प्रमुख महर्जन र उप–प्रमुख गीता सत्यालले खादा र टोपी लगाएर स्वागत गरेका थिए।

महानगर प्रमुख महर्जनले दुई सहरबीच कायम हुने भगिनी सम्बन्धले चीन र नेपाल बीचको परापूर्वकाल देखिको सम्बन्धमा नयाँ आयाम थपिने बताए।

नगर प्रमुख महर्जनले भने, ‘यो भगिनी सम्बन्धले दुई देशको सम्बन्धमा प्रगाढता आउने छ।’ भगिनी सम्बन्धले एक आपसमा सिक्ने र सिकाउने सघाउने नगर प्रमुख महर्जनको दाबी छ।

दुई देशका महानगरहरु बीचको भगिनी सम्बन्धबाट दिगो विकासका लक्ष्यका लागि निर्धारण गरिएका क्षेत्रमा उपलब्धि हासिल गर्न सहयोग पुग्ने बताए। 

चीनको ‘द स्ट्यान्डिङ कमिटि अफ जिन्हुवा म्युनिसपाल पिपल कांगे्रसका’ चेयरम्यान ह्वाङ जीन चावले यो हस्ताक्षरपछि दुई महानगर बीचको सम्बन्ध कोशेढुंगा सावित हुने बताए।

यसले दुबै देशका महानगरबासी नागरिकको जीवन सुखी हुने बताए। उनले भने, ‘दुबै सहरको समृद्धि र विकासका लागि यो सम्बन्ध अत्यन्तै महत्वपूर्ण छ।’

ललितपुर प्राचीन र कलाको सहर भएको बताउँदै चावले भने, ‘ललितपुरले हामीलाई ज्यादै आकर्षित गरेको छ। अझ ललितपुरले धेरै पर्यटकलाई आकर्षित गरेको छ। यहाँ आउन पाउँदा मलाई आफ्नै घर आएको महसुस भएको छ।’

चीनको जिन्हुवा महानगरपालिकाका आर्थिक रुपले सशक्त मानिन्छ। कृषि वनजन्य उत्पादन तथा प्रशोधन केन्द्र, मासु, डेरीजन्य पदार्थ, मौरी पालन, विद्युतीय उपकरण लगायतका उद्योगमा पनि यो महानगर अग्रणी रहेको छ। 

भगिनी सम्बन्ध कायम गर्न आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन, वडा न ३ का अध्यक्ष श्री गोपाल महर्जन, सूचना अधिकारी रुद्र गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख श्री भद्र ओझा, महानगरपालिकाका सल्लाहकार केदार भक्त श्रेष्ठ, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन लगायतको उपस्थिति थियो।



प्रतिक्रिया